Techie IT
२०८२ वैशाख ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालपक्राउ परेका कलाकार तथा युट्युबरहरुविरुद्ध अभियोग पत्र दायर

पक्राउ परेका कलाकार तथा युट्युबरहरुविरुद्ध अभियोग पत्र दायर


काठमाडौँ। सट्टाबाजी गर्ने ‘वान एक्स बेट’को प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार तथा युट्युबरहरुविरुद्ध काठमाडौँ जिल्ला अदालतमा आइतबार अभियोग पत्र दायर भएको छ। सट्टाबाजीसम्बन्धी कसूर र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तरगतको कसूरमा कूल ११ जनाविरुद्ध मुद्दा दायर भएको हो।

दिनेश खड्का, अनिता धिमालसहित जलन घर्तिमगर, अलिश राई, गणेश देवकोटा, बेगम नेपाली, मरिचमान श्रेष्ठ, राजु पौडेल, रोशन खतिवडा, सरोज घिमिरे र कुशल पोखरेल (फरार) विरुद्ध मुद्दा दायर गरिएको छ।

अभियोग पत्रमा सबै कलाकार र युट्युबरहरुले विज्ञापनबापत पैसा पाउने भनेपछि आफ्नो युट्युब च्यानलहरूमा वान एक्स बेटको प्रचार गरेको बयान दिएको उल्लेख छ। उनीहरुले विज्ञापनबापत ९० हजार रुपैयाँसम्म आर्थिक लाभ लिएको स्वीकार गरेका छन्।

उनीहरूलाई इमेल र टेलिग्राममार्फत विज्ञापन राख्ने अफर आएको बयान बताएका छन्। सबैलाई १५–२० सेकेन्डको विज्ञापन बजाउँदा मासिक १५ देखि ४० हजार रुपैयाँ पाउने अफर गरिएको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

विद्युत् सेवा पटक पटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा

खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा

म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै

सरकारलाई दबाब दिन विद्यालय बन्द गर्न शिक्षक महासंघको आग्रह

काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनमा जुट्न आग्रह गरेको छ

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

Techie IT