Techie IT
२०८१ फागुन ८, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालनेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँको अध्यक्षमा भुसाल निर्वाचित

नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँको अध्यक्षमा भुसाल निर्वाचित


काठमाडौँ । नेपाली कांग्रेस निकट श्रमिकहरुको साझा संस्था नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँको अध्यक्षमा देवीप्रसाद भुसाल निर्वाचित भएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँको सातौँ अधिवेशनको आज बिहान सम्पन्न मतगणनामा भुसालले चार सय २१ मत ल्याई विजयी हुनुभएको प्रमुख निर्वाचन अधिकृत सुशीलराज पौडेलले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी धर्मसागर ढकालले तीन सय ५२ मत प्राप्त गर्नुभएको छ । भुसाल दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।

यस्तै, उपाध्यक्षमा देवेन्द्रप्रसाद कोइराला, महिला उपाध्यक्षमा शारदालक्ष्मी श्रेष्ठ, जिल्ला उपाध्यक्ष (सेवा क्षेत्र)मा मीनप्रसाद पोखरेल, उपाध्यक्ष ९उत्पादन क्षेत्र० सजना नेपाल, उपाध्यक्ष (अनौपचारिक तथा स्वरोजगार) यादवप्रसाद पौडेल र सचिवमा प्रकाश मगर विजयी भएका छन् ।

यसैगरी, दुई सहसचिवमा रणधिरकुमार यादव र विष्णुहरि अर्याल, कोषाध्यक्षमा वासुदेव भण्डारी तथा सहकोषाध्यक्षमा यन्जुदेवी दाहाल विजयी भएका छन् । सदस्यमा भने दीपक थापा, पूर्णमान डङ्गोल, मनिषा पोखरेल, सृजना अर्याल, सीताराम भण्डारी र वीरजित रोकाया विजयी भएका हुन् ।

महिला सदस्यमा रोशनी खड्का र सुमिका पाख्रिन विजयी भएको निर्वाचन अधिकृत पौडेलले बताए । निर्वाचनका लागि मङ्गलबार दिउँसो ३ देखि साँझ ७ बजेसम्म मतदान भएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यको बर्न अस्पतालमा उपचार, दुबैजना…

काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुट्दा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका प्रमुख

पहिचानको पर्खाइमा ‘धान्द्रुके बाजे’

बाग्लुङ । बाग्लुङको भकुण्डेमा बाँसबाट सामग्री बनाउँदै आएका एक वृद्धको जीवनको उत्तरार्द्धमा पुग्दा पहिचानविहीन हुनुभएको छ । बाग्लुङ नगरपालिका–१० भकुण्डेमा

मुग्लिन सडकखण्डको सेतीदोभान पुल बाट बस खस्दा २३ जना घाइते

भरतपुर । नेपालगञ्ज बाट काठमाडौं जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज (आइतबार) बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन

Techie IT