गृहपृष्ठ ∕ नेपाल ∕ पहिरो खस्दा पोखरा–बागलुङ खण्ड अवरुद्धपहिरो खस्दा पोखरा–बागलुङ खण्ड अवरुद्ध नेपालीपत्र मंगलबार, २०८० असार १९ गते, ०९:३२ मा प्रकाशित नेपाल पर्वत । धवलागिरि क्षेत्रको ‘लाइफ लाइन’का रूपमा रहेको मध्यपहाडी राजमार्गको पोखरा–बागलुङ खण्ड अवरुद्ध बनेको छ । पर्वतको मोदी गाउँपालिका–६ स्थित महभिरमा सडकमाथिबाट पहिरो खस्दा गए रातिदेखि सडक अवरुद्ध बनेको हो ।भारी वर्षाका कारण भिरबाट ठूला–ठूला ढुङ्गासहितको पहिरो खसेर सडक पुरिएको हो । अवरुद्ध सडक खुलाउनका लागि जेसिबी र सुरक्षाकर्मीलाई परिचालन गर्ने तयारी भइरहेको पर्वतका ट्राफिक प्रहरी प्रमुख सुमन न्यूरेले जानकारी दिए । वर्षा नरोकिएका कारण सडक खुलाउन समस्या भएको छ ।सडक अवरुद्ध हुँदा पोखरातर्फबाट धवलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङतर्फ आएका सवारीसाधन नयाँपुलमा रोकिएका छन् भने यस क्षेत्रबाट अन्यत्र जाने लामो तथा छोटो दूरीका सवारीसाधन डिमुवामा रोकिएका छन् । अहिले पनि यस क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । ठूलो वर्षाका कारण केही ग्रामीण सडकमा समेत आवतजावत बन्द भएको छ । #पोखरा–बागलुङ खण्डग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार तिब्बत भूकम्पले नेपालमा कस्तो असर पर्यो ?विराटनगर । चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलको भूकम्प जाँदा यसको धक्का विशेष गरेर कोशी प्रदेशका नेपालगञ्जमा सहुलियत पसल माघ २ गतेसम्म सञ्चालन हुनेबाँके । नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सञ्चालन गरेको सहलियत पसल आगामी माघ २ गतेसम्म सञ्चालन हुने भएको महालक्ष्मी खोला–मातातीर्थ सडक आगामी माघ ७ सम्म बन्दमकवानपुर । मकवानपुर र काठमाडौं जोड्ने महालक्ष्मी खोला–मातातीर्थ सडक आजदेखि आगामी माघ ७ गतेसम्म बन्द हुने भएको छ । उक्त पर्वतमा ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्युपर्वत । जिल्लाको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा १ जना महिलाको घटनास्थलमा मृत्यु भएको छ । एमसीसीले झन्डै ७ अर्ब रुपैयाँ अनुदान थप्नेवाशिङ्टन (अमेरिका) । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले झन्डै सात अर्ब रुपैयाँ अनुदान थप्ने भएको छ । आज देखि रवि लामिछाने सहित प्रतिवादी तर्फका वकिलले बहस गर्नेकाठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित सात प्रतिवादीको थुनछेकधेरै पढिएका खबर १ आजदेखि राष्ट्रिय महिला लिगअन्तर्गत सुपर लिग चरणका खेल शुरू २ एमाले सचिवालय बैठक बस्दै ३ होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी ४ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम ५ आज देखि रवि लामिछाने सहित प्रतिवादी तर्फका वकिलले बहस गर्ने ६ रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता ७ प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबार देखिThe Film Nepal