Techie IT
२०८२ वैशाख ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालपाँच वर्षभित्र सबै नागरिकमा निःशुल्क स्वास्थ्य सेवा पुर्याउँछौँः मन्त्री बस्नेत

पाँच वर्षभित्र सबै नागरिकमा निःशुल्क स्वास्थ्य सेवा पुर्याउँछौँः मन्त्री बस्नेत


काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले गरिब र विपन्नलाई सुलभ र सहजरूपमा उपचार दिलाउन सरकार दृढ सङ्कल्पित रहेको बताएका छन्।

लोकसेवाबाट लिइएको परीक्षामा उत्तीर्ण भई स्थायी नियुक्ति पाएका स्टाफ नर्सलाई सम्बोधन गर्दै उनले आगामी पाँच वर्षभित्र सबै नागरिकमा निःशुल्क स्वास्थ्य उपचारको पहुँच पु¥याउन प्रयत्न भइरहेको जानकारी दिए। मन्त्री बस्नेतले भने, “संविधानले नागरिकका लागि सुनिश्चित गरेको औषधि उपचार पाउनुपर्ने दायित्व पूरा गर्न सरकार दृढ छ, यस क्षेत्रमा देखिएका कमीकमजोरी सुधार गर्न यही क्षेत्रमा कार्यरत जनशक्तिको साझा भावना हुनुपर्छ।”

स्टाफ नर्स मानवीय संवेदनासँग जोडिएको पद र जिम्मेवारी रहेको बताउँदै उनले उपचारसँगै बोली र व्यवहारले पनि बिरामीले सहजता महसुस गर्ने हुँदा त्यसतर्फ विशेष ध्यान पु¥याउन सुझाव दिए। मन्त्री बस्नेतले भने, “स्वास्थ्य क्षेत्रमा स्टाफ नर्सको धेरै ठूलो जिम्मेवारी, भूमिका र दायित्व छ, मानवीय सेवाभावका हिसाबले भगवान्कै जस्तो भूमिका छ।”

स्वास्थ्य क्षेत्रका जनशक्तिप्रतिको दायित्व पूरा गर्दै उत्साहित तुल्याउन राज्य कटिबद्ध रहेको बताउँदै उनले बिरामीको सेवामा क्रियाशील जुनसुकै तहको जनशक्तिलाई तालिम र प्रशिक्षणमा प्राथमिकता दिइने घोषणा गरे।

मन्त्रालयका सचिव डा रोशन पोखरेल र देवकुमारी गुरागाईंले नवनियुक्त दुई सय ९५ जना स्टाफ नर्सलाई राज्यले दिएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्न निर्देशन दिँदै बधाई ज्ञापन गरे।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT