Techie IT
२०८१ फागुन १६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालसात वर्षपछि टुङ्गियो काठेखोला गाउँपालिकाको केन्द्र विवाद

सात वर्षपछि टुङ्गियो काठेखोला गाउँपालिकाको केन्द्र विवाद


बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाको प्रशासनिक केन्द्रको विवाद सात वर्षपछि टुङ्गिएको छ । सो विवादका कारण अहिलेसम्म कार्यालय भवन निर्माण हुन सकेको थिएन ।

छ वर्षदेखि प्रशासनिक भवन निर्माणका विषयमा कार्यपालिका बैठकमा धेरै पटक छलफल भए पनि त्यसले सार्थकता पाएको थिएन । यस पटक भने कार्यपालिकाको बैठकले वडा नं ६ को सामबोट सामुदायिक वनको जग्गामा भवन निर्माण गर्ने निर्णय गरेको छ । वडा नं १, २, ३ र ४ ले अक्षते तथा वडा नं ५, ६, ७ र ८ ले हाल कार्यालय सञ्चालन हुँदै आएको सुलडाँडामै प्रशासनिक भवन बनाउने अडान राख्दै आएका थिए ।

गाउँपालिकाले अहिले पालिकास्तरीय अस्पताल, प्रहरी चौकी अक्षते र बहुउद्देश्य सभाहल तथा आयुर्वेदिक अस्पताल सुलडाँडामा बनाउने सहमति भएपछि सामबोटमा प्रशासनिक भवन निर्माण गर्ने निर्णय भएको गाउँपालिकाका प्रवक्ता टीका सङ्गम विकले बताए । सामबोटमा भवन बनाउनका लागि कार्यपालिका बैठकले निर्णय गरी १३औँ गाउँसभाबाट पारितसमेत गरेको छ । भवन निर्माणका लागि आगामी आर्थिक वर्ष २०८०÷८१ मा रु एक करोड रकम विनियोजन गरिएको प्रवक्ता विकले बताए ।

उनले भने, “करिब छ वर्ष अगाडि हामीहरुले बिहुँकोट सुलडाँडामा घर भाडामा लिएर प्रशासनिक कामकाज सुरु गरेका थियौँ, अहिले पनि सोही घरबाटै काम भइरहेको छ, कार्यालय सञ्चालन भएको घरमा पनि पर्याप्त कोठा छैनन्, त्यसले गर्दा विभिन्न शाखा गाउँपालिकाले भीमसेन प्राविको भवनबाट सञ्चालन गरेको छ ।”

जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको यो गाउँपालिका अन्य पालिकाभन्दा सुगममा पर्छ । दुर्गमका पालिकाहरुले आफ्नै भवन निर्माण गरेर काम सुरु गरिसक्दा काठेखोलाले अहिले बल्ल केन्द्रको टुङ्गो लगाएको छ । केही महिनाअगाडि गाउँपालिकाले जग्गा व्यवस्थापनका लागि सूचान आह्वान गरेको सात स्थानमा जग्गा उपलब्ध गराउने आवेदन गरेकामा दुई स्थानमा निःशुल्क, दुई स्थानमा सशुल्क र तीन स्थानमा सार्वजनिक जग्गा उपलब्ध गराउने निवेदन परेको थियो ।

सोहीअनुसार गाउँपालिकाले सामबोटमा जग्गा छनोट गरेको हो । गाउँपालिकाले अहिलेसम्म प्रशानिक भवन बनाउन नसक्दा वार्षिक रु सात लाख २६ हजार गुमाइरहेको छ । हरेक महिना पालिकाले रु ६० हजार पाँच सय कार्यालय भाडा तिर्दै आएको छ । यसै वर्षदेखि भवन निर्माणको कार्य सुरु गर्ने गाउँपालिकाका अध्यक्ष राजु थापाले बताए ।

“अहिलेसम्म गाउँपालिकाको कामकाज सबै भाडाको घरबाट सञ्चालन भएको छ, एकै घरमा पर्याप्त कोठा नहुँदा ठाउँठाउँमा घर भाडामा लिएका छौँ, सेवाग्राहीले एकै ठाउँबाट सेवा लिन पाउनुभएको छैन, यसले समस्या बनाइरहेको छ”, अध्यक्ष थापाले भने, “धेरै समयको कसरतपछि अहिले समबोटमा जग्गा प्राप्त भएको छ, नयाँ आर्थिक वर्ष सुरु भएलगत्तै भवन निर्माणको काम सुरु गर्ने गरी बजेटसमेत विनियोजन भएको छ, हाम्रै कार्यकालमा सक्ने गरी काम गर्छौं ।”

सुलडाँडा र अक्षते १५ मिनेटको दूरीमा पर्छन् । अक्षतेमा सानो बजार छ । त्यो बजार मध्यपहाडी लोकमार्गमै पर्छ । अहिले कार्यालय रहेको सुलडाँडा भने लोकमार्गभन्दा केहीमाथि पट्टि पर्छ । गाउँपालिकामा सेवा लिन आएका सेवाग्राही एकै ठाउँमा सबै शाखा नहुँदा छुट्टाछुट्टै ठाउँमा जानुपर्ने बाध्यतामा छन् । प्रशासनिक भवनसहित अन्य संरचना बनाउन स्थानीय लगायतको सहयोग आवश्यक परेको अध्यक्ष थापा बताउँछन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन २ करोड ६९ लाख…

तनहुँ । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य शुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका

केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो

टीकापुर । कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

Techie IT