Techie IT
२०८१ माघ २३, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालअब हरेक असोज २ गते राष्ट्रिय शिक्षा दिवस

अब हरेक असोज २ गते राष्ट्रिय शिक्षा दिवस


काठमाडौँ । नेपाल सरकारले ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधारमानी अबदेखि हरेक असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने भएको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले सो निर्णय गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले संविधानको मौलिक हकको मर्मअनुसार आधारभूत तहसम्म निःशुल्क र अनिवार्य शिक्षा दिलाउनु राज्यको दायित्व भएको सन्दर्भमा त्यससम्बन्धी विधेयक प्रमाणीकरण भएको मितिमा राष्ट्रिय शिक्षा दिवस मनाउन उपयुक्त हुने प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको बताए ।

सङ्घीय संसद्को दुवै सदनबाट पारित सो विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७५ असोज २ गते प्रमाणीकरण गरेकी थिइन् । विसं २०३१ देखि ‘शिक्षाको उज्यालो घामबाट कोही पनि वञ्चित हुन नपरोस्’ भन्ने आदर्श वाक्यका साथ सुरु भएको राष्ट्रिय शिक्षा दिवस गणतन्त्र स्थापनापछि हरेक अन्तर्राष्ट्रिय साक्षरता दिवस (सेप्टेम्बर ८) कै दिन मनाउन थालिएकामा २०७६ सालदेखि दुई दिवसलाई अलगअलगरुपमा मनाउने निर्णय भए पनि राष्ट्रिय दिवसको मिति निर्धारण हुन सकेको थिएन ।

राष्ट्रिय दिवसको नयाँ मिति निर्धारणको निर्णय मन्त्रिपरिषद्बाट प्राप्त भएपछि विभिन्न विश्वविद्यालयबाट विद्यावारिधी उपाधि प्राप्त गर्ने र स्नाताकोत्तर, स्नातक तहमा सर्वोत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार, राष्ट्रिय र प्रादेशिकरुपमा उत्कृष्ट विद्यालयलाई शिल्ड, ध्वजा र नगद पुरस्कार तथा शिक्षासेवी पुरस्कार दिनेलगायत कार्यक्रमको तयारीमा मन्त्रालय लाग्ने प्रवक्ता शर्माले जानकारी दिइन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विदेशबाट पनि श्रम स्वीकृति

काठमाडौँ । विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ। मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको

बेलायती राजकुमार एडवार्ड नेपाल आउँदै

काठमाडौं । बेलायतका राजकुमार आज (माघ २२) नेपाल भ्रमणमा आउँदै छन् । अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित उनी नेपाल आउन

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइदै

काठमाडौ । आजदेखि देशभरका बालिकाहरूलाई एचपिभी खोप अर्थात पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइँदै छ । परिवार कल्याण महाशाखाकका अनुसार

माबो द्वारा टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा

ताप्लेजुङ । समुद्री सतह बाट पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्ज्याङ सम्म मोटरसाइकल यात्रा गरिएको छ ।

कृषिउपज सङ्कलन केन्द्र प्रयोगविहीन

नवलपरासी । ग्रामीण क्षेत्रमा उत्पादित कृषिउपज सङ्कलन र बिक्रीका लागि पश्चिम नवलपरासीको सरावलमा निर्माण गरिएको कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा प्रयोगविहीन

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितलाई क्षतिपूर्ति वितरण

तनहुँ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका एक

Techie IT