गृहपृष्ठ ∕
नेपाल ∕
‘ललिता निवास जग्गा प्रकरणमा संलग्न ठूला माछाहरु समातिन्छन् कि समातिँदैनन् चिन्ता थपिएको छ’ ‘ललिता निवास जग्गा प्रकरणमा संलग्न ठूला माछाहरु समातिन्छन् कि समातिँदैनन् चिन्ता थपिएको छ’
काठमाडौँ । सांसदहरुले बालुवाटारस्थिल ललिता निवास जग्गा प्रकरणका दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै उनीहरुले ललिता निवास जग्गा प्रकरणका मुख्य दोषीलाई पनि कारबाही गर्न सरकारसंग माग गरे ।
सांसद राजेन्द्रकुमार केसीले ढिलै भए पनि सरकारले ललित निवास जग्गा प्रकणको फाइल खोलेकामा धन्यवाद दिँदै जग्गा प्रकरणका मुख्य दोषी नउम्किने गरी कानुनी प्रक्रिया अगाडि बढाउन माग गरे ।
उनले भने, “ललिता निवास जग्गा प्रकरणमा साना माछा समातिँदैछन् त्यसमा संलग्न ठूला माछाहरु समातिन्छन् कि समातिँदैनन् चिन्ता थपिएको छ, त्यसप्रति गम्भीर हुन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँछु ।”
सांसद रामहरि खतिवडाले ‘ललिता निवासमा साना माछा ढोक्सामा पर्ने कुरा आएको छ, ठूला माछा पनि ढोक्सामा परून्’ भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका
काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू
काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि
काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार
बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम