गृहपृष्ठ ∕ नेपाल ∕ कञ्चनपुरमा टिपर र मोटरसाइकल जुध्दा घाइते रानाको मृत्युकञ्चनपुरमा टिपर र मोटरसाइकल जुध्दा घाइते रानाको मृत्यु नेपाली पत्र मंगलबार, २०८० असार १२ गते, १३:२४ मा प्रकाशित नेपाल कञ्चनपुर । कञ्चनपुरको पुनरबास नगरपालिकामा आज बिहान टिपर र मोटरसाइकल एक–आपसमा जुध्दा मोटरसाइकल चालकको मृत्यु भएको छ ।पुनरबास नगरपालिका ५ सिमरीमा धनगढीतर्फ गइरहेको सु प प्र०१–००१ क २२०० नम्बरको टिपरसँग विपरीत दिशाबाट आइरहेको से४प २२७१ नम्बरको मोटरसाइकल जुध्दा मोटरसाइकल चालक स्थानीय ६२ वर्षीय मोतिलाल रानाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।टिपरसँग ठोक्किएर गम्भीर घाइते रानाको उपचारका क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रहरीको भनाइ छ । टिपर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । रानाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ । #टिपर र मोटरसाइकलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धिवीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन २ करोड ६९ लाख…तनहुँ । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य शुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दोटीकापुर । कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइबागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षतिखोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालनपाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिकधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ संवैधानिक परिषद्को बैठक बस्दै ३ महाराष्ट्रको थानेमा क्रेन भाँच्चिदा १७ जना मजदूरको मृत्यु ४ माओवादी केन्द्रीय समिति बैठक सुरू ५ एनआरएन साउदीको अध्यक्षमा रबिना अर्याल चयन ६ काठमाडौँबाट दिल्लीका लागि उडेको अपहरित विमानका चालक के भन्छन् ? ७ केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दोThe Film Nepal