Techie IT
२०८१ फागुन १९, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालदुई हजार पशुलाई ‘लम्पी स्किन’विरुद्ध खोप दिइयो

दुई हजार पशुलाई ‘लम्पी स्किन’विरुद्ध खोप दिइयो


स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले दुई हजार पशुलाई लम्पी स्किनविरुद्ध खोप लगाइदिएको छ । नगरभित्रका विभिन्न वडामा लम्पी स्किनबाट सङ्क्रमित पशुको सङ्ख्या बढ्दै गएपछि नगरपालिकाले खोप खरिद गरी निःशुल्क लगाइदिएको हो ।

पशुमा सङ्क्रमण बढ्दै गएपछि रोकथाम तथा नियन्त्रण गर्न पालिका आँफैले खोप खरिद गरेर सम्भावित जोखिमका क्षेत्रमा रहेका पशुलाई निःशुल्क खोप लगाएको पशु सेवा शाखा कार्यालयका प्रमुख लेखनाथ अर्यालले बताए ।

नगरपालिकामा एकसय ५० भन्दा बढी पशुमा यो रोग देखा परेको छ । “गाईभैँसीमा लम्पी स्किन रोगको लक्षण पुष्टि भएपछि अन्य पशुमा सर्न नदिन पहिलो चरणमा व्यावसायिक फर्म तथा अन्य ठाउँका पशुलाई दुई हजार खोप खरिद गरी लगाएका हौँ” उनले भने, “जहाँ जहाँ सङ्क्रमित पशुको स्ख्या धेरै छ ती ठाउँमा निःशुल्क खोप लगाएका छौँ, सङ्क्रमणको अवस्था हेरेर खोप अभियान चलाउने नचलाउने निर्णय गछौँ।”

व्यावसायिक फर्म तथा घर–घरमा पालिएका सङ्क्रमित नभइसकेका पशुमा निरन्तर खोप लगाइएको छ । नगरभित्र हाल १२ हजार ९९ गाईभैँसी र गोरु छन् । फागुनको अन्तिम साताखेखि देखिएको यो सङ्क्रमणबाट सुरुकै अवस्थामा १० वटा पशु मरेका थिए ।

नगरपालिकाले यो रोग रोकथाम तथा नियन्त्रण गर्न स्थानीय रेडियो तथा पत्रपत्रिकाका साथै सामाजिक सञ्जाल प्रयोग गरी जनचेतनामूलक सन्देश प्रशारण तथा प्रकाशन गरेको छ ।“यो रोग एक प्रकारको पक्स समूहको काप्रीपक्स भाइरसबाट गाईभैँसीमा लाग्ने रोग हो” प्रमुख अर्यालले भने, “यो रोग भैँसीभन्दा पनि बढी गाईगोरुमा लाग्ने गर्दछ ।”

लम्पी स्किन रोग लागेका पशुले कचेरा निकाल्ने, सिगान बग्ने तथा फिँज निकाल्ने, शरीरका विभिन्न भाग विशेष गरी घाँटी, पछाडिको खुट्टा, पेट, कल्चौडामा गिर्खा देखिन्छ । पशुमा एक सय चार फरेनहाइट भन्दामाथि उच्च ज्वरो आउने, दूध उत्पादन घट्ने, गर्भ तुहिने तथा बाँझोपना हुने लक्षण लम्पीस्किनका हुन् ।

“यो रोग लामखुट्टे, झिंगा र किर्नाको टोकाइबाट पनि एकबाट अर्कोमा सर्न सक्छ” उनले भने, “सङ्क्रमित गाईभैँसीको ओसारपसार, लसपस तथा सङ्क्रमित गाईभैँसी र स्वस्थ गाईभैँसीलाई उपचारको क्रममा एउटै सुई प्रयोगबाट पनि सर्न सक्ने भएकाले विशेष सावधानी अपानाउनुपर्छ ।”

यो रोगको ठोस् उपचार नभएकाले खोपलाई नै विकल्पकोरुपमा प्रयोग गर्नुपर्ने प्रमुख अर्यालले बताए । बिरामी पशुलाई अरु पशुबाट अलग्गै राख्ने, गोठ र मलखादबीचको दूरी बढाउनुपर्ने, भुसुना, किर्ना, डाँक, लामखुट्टेलगायत परजीवी नियन्त्रण गर्नुपर्ने, गोठ वरिपरिको सरसफाइमा ध्यान दिनुपर्ने, काँचो छाला तथा सङ्क्रमित पशुको ओसारपसारमा रोक लगाउनुपर्नेमा उहाँले जानकारी गराए । पशु सङ्क्रमित हुने दर बढेपनि यसको मृत्युदर भने पछिल्लो समय घट्दै गएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन २ करोड ६९ लाख…

तनहुँ । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य शुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका

केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो

टीकापुर । कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

Techie IT