Techie IT
२०८२ वैशाख १३, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालकालीकोटमा ‘लम्पी स्किन’को सङ्क्रमण

कालीकोटमा ‘लम्पी स्किन’को सङ्क्रमण


कालीकोट । कालीकोटमा तीन हजार पाँच सय बढी पशुचौपायामा ‘लम्पी स्किन’को सङ्क्रमण देखिएको छ । जिल्लाका नौ वटै स्थानीय तहमा पशुचौपायामा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको हो ।

लम्पी स्किन रोगको सङ्क्रमणबाट कालीकोटमा अहिलेसम्म तीन सय १४ पशुचौपायाको मृत्यु भएको जिल्लास्थित पशु अस्पताल तथा पशु सेवा कार्यालयले जनाएको छ ।

पशुमा देखिएको सङ्क्रमणले ठूलो जनधनको क्षति भएको कार्यालयका प्रमुख लक्ष्मीप्रसाद अधिकारीले बताए । उनका अनुसार रोगको पहिचानका लागि ल्याब टेष्ट र लक्षण अनुसारको उपचार भइरहेको छ ।

“केही किसानले निजीस्तरबाट भ्याक्सिन लगाउनु भए पनि जिल्लामा हामीले किनेर ल्याएको भ्याक्सिन दिइरहेको छौँ”, प्रमुख अधिकारीले भने । उहाँका अनुसार रोगको सङ्क्रमण जिल्लाभर भयावह रुपमा फैलिए पनि भ्याक्सिनको कमी भएकाले सबै किसानले भ्याक्सिनेसनको सुविधा पाएका छैनन् । भ्याक्सिनको अभावका कारण रोग नियन्त्रण गर्न गाह्रो भइसकेको उनको भनाइ छ ।

‘लम्पी स्किन’को सङ्क्रमण रोक्नका लागि जनचेतना फैलाउने तथा घाउ, खटिरा आएका पशुलाई ड्रेसिङ गर्ने काम भइरहेको प्रमुख अधिकारीले बताए । “भाइरसबाट सर्ने रोग भएकाले यसको दिगो उपचार हुन सकेको छैन”, उनले भने, “सबैभन्दा बढी रोगको सङ्क्रमण शान्नि त्रिवेणी गाउँपालिकामा देखिएको छ ।”

पशुलाई धेरै ज्वरो आउनु, शरीर र मुखमा फोका जस्ता खटिरा निस्कनु, श्वासप्रश्वासमा समस्या हुनु, दानापानी नखानु र दुधालु पशु भए दूधको उत्पादन घटाउनु सङ्क्रमणको मुख्य लक्षण भएको प्रमुख अधिकारीले जानकारी दिए । “यसको रोकथामका लागि मास भ्याक्सिनेसन सुरु गर्नुपर्छ र जैविक सुरक्षामा जोड दिनुपर्छ”, उनले भने, “सङ्क्रमण भएको पशु भए त्यसलाई सामूहिक रुपमा चराउन नलैजाने, पशुको ढुवानी कार्य बन्द गर्ने र आवजातवमा कडाइ गरेर लम्पी स्किनको सङ्क्रमण न्यूनीकरण गर्न सकिन्छ ।”




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका

भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा

काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू

श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउ

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल र भारतबीच ऊर्जा विकासका सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

Techie IT