Techie IT
२०८१ चैत्र १, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालकृषकलाई प्रोत्साहन गर्न अनुदान नीति

कृषकलाई प्रोत्साहन गर्न अनुदान नीति


तनहुँ । तनहुँको सरकारी निकायले अनुदानको नीति अगाडि सारेका छन् । कृषकलाई कृषि पेसामै टिकाइराख्ने उद्देश्यसहित जिल्लाका सरकारी निकायले अनुदानको नीतिलाई प्राथमिकता दिएका हुन् ।

कृषि ज्ञान केन्द्र तनहुँ, आँबुखैरेनी, म्याग्दे र बन्दीपुर गाउँपालिकालगायतले कृषकलाई विभिन्न उपकरण अनुदानमा वितरण गर्दै आएका छन् । कृषि पेसामा लागेका कृषकलाई आयआर्जनमा सहयोग पुग्ने खालका सामग्री वितरणलाई प्राथमिकतामा राखिएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताए ।

उनले भने, “निर्वाहमुखी पेसा गरिरहेकालाई सहयोग गरेर व्यावसायिक बनाउने लक्ष्यसहित केन्द्रले मौरीघार, हाते ट्र्याक्टर, बङ्गुरका पाठापाठी, व्याड बोका वितरण गर्दै आएको छ ।”

केन्द्रले विपन्न वस्तीमा मुख्यमन्त्री कार्यक्रमअन्तर्गत ऋषिङ गाउँपालिका–४ भिरकोटका कृषकलाई कृषि सामग्री सहयोग गरेको छ । विपन्न समुदायलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित १५ मौरीघार, ३० बङ्गुरको पाठापाठी, दुई व्याड बोका, एक हातेट्र्याक्टर, दुई पक्की टनेल, एक कुटानी पिसानी, १५ सिँचाइ ट्याङ्की, बाख्रा र कुखुराको खोर सहयोग गरिएको हो । तिवारीले भे, “विपन्न कृषक छनोट गरी कार्यक्रममार्फत उनीहरुलाई आत्मनिर्भर बनाउने लक्ष्य हो ।” यो ठाउँका ६० घरधुरीलाई लक्षित गरी कार्यक्रम सुरुआत भएको छ ।

जिल्लाका दुई पालिकाका विपन्न बस्तीमा ‘मुख्यमन्त्री कार्यक्रम’ सञ्चालन गरिएको छ । आयआर्जनमा सबल गराई विपन्न परिवारको जीविकोपार्जनमा सहज बनाउने उद्देश्यले उक्त कार्यक्रम सुरु गरिएको तिवारीले बताए ।

जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ का ४० घर भुजेल र ऋषिङ गाउँपालिका–४ का करिब ६० घरधुरीलाई लक्षित गरी कार्यक्रम सुरु गरिएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । आँबुखैरेनीमा ४६ परिवारमध्ये १६ जनालाई बाख्रा, छवटा तरकारी टनेल, ३५ घार मौरी, हातेट्र्याक्टरलगायत प्रदान गरिसकिएको छ ।

गण्डकी प्रदेश सरकारबाट दुई पालिकाका लागि रु २०–२० लाख बजेट निकासा भएको छ । त्यसमा गण्डकी प्रदेश सरकारको ९० प्रतिशत अनुदान र कृषकको १० प्रतिशत लागत सहभागिता रहनेछ । केन्द्रले म्याग्दे–४ का कृषकलाई ९० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरेको छ । म्याग्दे गाउँपालिका–४ स्थित चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादन समूहमा आबद्ध कृषकलाई ४६ मौरी घार वितरण गरिएको जनाइएको छ ।

मौरीसहितको घार प्राप्ति गर्नका लागि केन्द्रले निवेदन माग गरेको थियो । एक सय छ जनाले निवेदन दिएकामा ४६ कृषक छनोट गरी घार वितरण गरिएको हो । तिवारीका अनुसार तनहुँ मौरीपालनका लागि उपयुक्त भएकाले यहाँका विभिन्न ठाउँमा मौरीपालनतर्फ कृषक आकर्षित भइरहेका छन् ।

समूहमा आबद्ध कृषक मौरीपालनतर्फ आकर्षित भएको अध्यक्ष जीतमाया रानाले बताइन् । उनका अनुसार समूहमा आबद्ध सबैले मौरीपालन गरेका छन् । कम लगानी र मेहनतमा मौरीपालन गर्न सकिने भएकाले कृषक यसतर्फ लागेको उनले बताइन् ।

आँबुखैरेनी गाउँपालिकाले एक वडाः एक उत्पादन कार्यक्रमअन्तर्गत कृषकलाई अनुदानमा एक सय १८ मौरी घार वितरण गरेको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए । उनले भने, “एक वडाः एक उत्पादनअन्तर्गत म्याग्दे गाउँपालिका–४ का कृषकलाई मौरीपालनतर्फ आकर्षित गराउन घार वितरण गरिएको छ ।”

कृषि ज्ञान केन्द्रले नै शुक्लागण्डकी नगरपालिका–६ स्थित दरगाउँ कृषि तथा पशुपक्षी कृषक समूह र तीनखोलेदेवी कृषि तथा पशुपक्षी समूहलाई ५० प्रतिशत अनुदानमा हातेट्र्याक्टर र कम्बाइन मिल सहयोग गरेको छ ।

म्याग्देले कृषकलाई ५० प्रतिशत अनुदानमा हातेट्र्याक्टर वितरण गरेको छ । पालिकाको कृषि शाखाको स्वीकृत कार्यक्रमअनुसार विभिन्न वडाका कृषकलाई अनुदानमा हातेट्र्याक्टर वितरण गरिएको हो । रु ७० हजार पर्ने ट्र्याक्टरको मूल्यमा ५० प्रतिशत कृषकले र ५० प्रतिशत गाउँपालिकाले लागत साझेदारी गरेको छ । कृषकलाई कृषिमा आत्मनिर्भर बनाउन र यान्त्रिकीकरण गर्न कृषि उपकरण सहयोग गरिएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको बिहीबार राति गुवाहाटीमा

नमोबुद्धमा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ सञ्चालन

काभ्रे । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ सञ्चालन गरिएको छ । नगरले कार्यक्रमअन्तर्गत योजना सञ्चालनपूर्व

हत्या गरेको आरोपमा एक नाबालकसहित पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरस्थित एक महिलाको हत्यामा सङ्लग्न भएको आरोपमा प्रहरीले एक नाबालकसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला

निजी विद्यालयहरूले शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्: मन्त्री…

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी विद्यालयहरूले नेपालको शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएका बताएका छन् ।

सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन

काठमाडाैँ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा विभिन्न देशका २ दर्जनबढी नाटकहरु प्रदर्शन भईरहेका छन् । इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सोसाइटी

रेडपाण्डा संरक्षणका लागि जैविकमार्ग

इलाम । इलाममा लोपोन्मुख रेडपाण्डा संरक्षणका लागि पहल शुरु गरिएको छ । जिल्लाको सन्दकपुर र माईजोगमाई गाउँपालिकामा रहेको आलु विकास

Techie IT