Techie IT
२०८१ फागुन १५, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालब्रिटिस कलेजद्वारा फिन्टेक एलायन्स नेपालसँग साझेदारी

ब्रिटिस कलेजद्वारा फिन्टेक एलायन्स नेपालसँग साझेदारी


काठमाडौँ । थापाथलीस्थित द ब्रिटिस कलेज (टिबीसी)ले फिन्टेक एलायन्स नेपाल (फ्यान)सँग साझेदारी सम्झौता गरेको छ । फिनटेक उद्योगलाई बृहत बनाउने उदेश्यको साथ दुई संस्थाबीच शुक्रबार भिभान्ता काठमाडौंमा साझेदारी सम्झौता भएको हो ।

फिन्टेक एलायन्स नेपाल गैरनाफामुखी संस्था हो । जसले फिनटेक बजारमा सहभागीहरू र सरोकारवालाहरू बीचको सहकार्यलाई बढावा दिने काम गर्दै आएको छ । यस संस्थाले सदस्यहरूलाई आधुनिक समाधानहरू मार्फत सामूहिक रूपमा उद्योगका चुनौतीहरूलाई सम्बोधन गर्ने अवसर प्रदान गर्दै आएको छ ।

साझेदारीसँगै कलेजले फिन्टेक बजारसँगको सम्बन्धलाई सुदृढ गर्दै आफ्ना विद्यार्थीहरुको लागि पनि अवसरहरुको बाटो खोलेको छ । यस सहकार्यले विद्यार्थीहरुलाई फ्यानले गर्दै आएको मासिक कार्यक्रमहरूमा विशेष पहुँच प्रदान गर्दछ । फ्यानको मासिक कार्यक्रममा करिब १०० फिनटेक प्रोफेशनलहरुको सहभागिता रहँदै आएको छ । सो कार्यक्रममा विद्यार्थीहरुले प्रतिष्ठित स्थानीय र अन्तर्राष्ट्रिय अतिथि वक्ताहरूद्वारा सेमिनारहरूमा पहुँचको अवसर पनि प्राप्त गर्नेछन् । त्यस्तै, साझेदारीले विद्यार्थीहरुका लागि फिनटेक उद्योगभित्र इन्टर्नशिप र प्लेसमेन्ट सम्भावनाको बाटो पनि खोलिदिएको छ ।

साझेदारीबारे उत्साह व्यक्त गर्दै ब्रिटिश कलेजका उपप्रध्यापक, डा. प्याट्रिक म्याकक्रडनले भने, ‘यो सहकार्य हाम्रा विद्यार्थीहरुको लागि निकै फलदायी रहनेछ । विद्यार्थीहरुका लागि आफ्नो छनौट गरिएका क्षेत्रहरूमा उत्कृष्टता हासिल गर्ने र फिन्टेक व्यवस्थापन, फिन्टेक व्यवसायको विकास, साइबर सुरक्षा, र विकास जस्ता क्षेत्रहरूमा उनीहरूको प्रक्षेपणलाई आकार दिने र उत्कृष्ट सल्लाहकारहरुबाट मार्गदर्शन पाउने अवसर प्राप्त गर्नेछन् ।’

त्यस्तै, फ्यानका अध्यक्ष सञ्जीव सुब्बाले पनि आवश्यक सीप, नेटवर्क र ज्ञानको साथ महत्वाकांक्षी फिन्टेक पेशेवरहरूलाई सशक्त बनाउन र गतिशील फिन्टेक परिदृश्यमा फस्टाउन सहयोगको सम्भावनालाई जोड दिने बताए । उनले भने, ‘यो साझेदारीले प्रतिभाहरुलाई प्रोत्साहन गर्दै नविनतालाई सघाउँछ र फिन्टेक इकोसिस्टमको विकासमा योगदान पुर्याउँछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन २ करोड ६९ लाख…

तनहुँ । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य शुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका

केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो

टीकापुर । कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

Techie IT