Techie IT
२०८२ वैशाख २९, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालभक्तपुरले जित्यो फुल कन्ट्याक्ट किक बक्सिङको उपाधि

भक्तपुरले जित्यो फुल कन्ट्याक्ट किक बक्सिङको उपाधि


भक्तपुर । भक्तपुरमा पहिलो पटक आयोजना गरिएको फुल कन्ट्याक्ट किक बक्सिङ प्रतियोगिता मा आयोजक टिम भक्तपुर नै समग्र विजेता बन्न सफल भएको छ। नेपाल किक बक्सिङ सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा वैशाख १९ र २० गते सम्पन्न प्रतियोगितामा भक्तपुरले ३ स्वर्ण र ४ रजत पदक जित्दै उपाधि घरमै राख्न सफल भयो ।

प्रतियोगितामा मेन डोजो रङ्गशाला २ स्वर्णसहित दोस्रो स्थानमा रहँदा, फाइट क्लब १ स्वर्ण र २ रजत पदकका साथ तेस्रो भयो।

महिला तर्फ उत्कृष्ट खेलाडी को उपाधि अस्मिता दोङ तामाङ ले प्राप्त गरिन भने पुरुष तर्फ सुनिम श्रेष्ठ उत्कृष्ट घोषित भए ।

प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगर ले गरेका थिए । उनले खेल मात्र नभई समाज विकासको एक आधार भएको बताउँदै, खेलाडीहरूको समुचित विकासमा सरकारको ध्यान केन्द्रित रहने प्रतिबद्धता जनाए ।

प्रतियोगितामा महिला र पुरुष गरी ११ तौल समूहमा प्रतिस्पर्धा भएको थियो भने २ वटा प्रो फाइट समेत समावेश गरिएको थियो। प्रो फाइटमा सिरिस भुजु र प्रविन मोक्तान विजेता घोषित भए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नौ महिनामा भित्रियो ११ खर्ब ९१ अर्ब ३१ करोड विप्रेषण

काठमाडौं । विप्रेषण आप्रवाहमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक बर्षको नौ महिनामा

विद्यालयमा ‘इ लर्निङ कक्ष’ सञ्चालन गर्न सहयोग गर्दै ईश्वर मन्दिर

भोजपुर । भोजपुर नगरपालिका–८ पोखरेस्थित सरस्वती आधारभूत विद्यालयमा ‘इलर्निङ कक्ष’सञ्चालनमा ल्याइएको छ । यसका लागि १० थान कम्प्युटर र आवश्यक

विपिन जोशी जिवित रहेकोमा इजरायलको आशंका

एजेन्सी । इजरायल–हमास युद्धमा झण्डै दुई वर्षदेखि बेपत्ता भएका नेपालका विपिन जोशी जीवितै रहेकोमा इजरायली अधिकारीहरूले नै आशंका व्यक्त गरेका

रेबिज लागेर १ जनाको मृत्यु

चितवन । रेबिज लागेर इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ । निजको भरतपुर अस्पतालमा उपचारका क्रममा

नेपालीको औषत आयु ६० वर्ष

काठमाडौँ । नेपालीको औषत आयु ६० वर्षसम्म रहेको राष्ट्रिय तथ्यांक कार्यालयको अध्ययनले देखाएको छ । २०७८ सालको राष्ट्रिय जनगणना अनुसार

सुरक्षण मुद्रण उपकरण खरिदमा विकल पौडेल भ्रष्टाचारी ठहर

काठमाडाैँ । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई उपकरण खरिद गर्दा भ्रष्टाचार गरेको कसूरमा दोषी ठहर

Techie IT