Techie IT
२०८२ वैशाख १४, आईतबार
NepaliPatra logo
गृहपृष्ठजीवनशैलीवायुमा प्रदूषण उच्च: अनावश्यक यात्रा नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

वायुमा प्रदूषण उच्च: अनावश्यक यात्रा नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध


काठमाडाैँ । काठमाडाैँ लगायत देशको पूर्वी भागमा वायु प्रदूषणले खतराको तह पार गरेको छ । वायुको अवस्था मापन गर्ने आईक्यू एअरको तथ्याङ्कअनुसार आज बिहान काठमाडाैँको एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ३५६ छ ।

एक्यूआई ५० सम्म स्वस्थकर, १०१ देखि १५० सम्म सामान्य जोखिम, १५१ देखि २ सयसम्म अस्वस्थकर, २०१ देखि ३०० सम्म निकै अस्वस्थकर र ३०१ भन्दा माथि मापन भए खतरनाक तहमा पुगेको मानिन्छ ।

काठमाण्डौ आज विश्वकै प्रदूषित शहरमध्ये दोस्रोमा परेको छ । आज सबैभन्दा धेरै प्रदुषण इराकको बगदाद रहेको छ । त्यहाँ आज बिहान एक्यूआई ११ सयभन्दा माथि पुगेकाे थियाे । अहिले भने त्यहाँकाे एक्यूआई ६०७ पुगेकाे छ ।

पछिल्लो केही दिनदेखि काठमाण्डौमा प्रदूषण बढ्दा अस्पतालहरुमा बिरामीको चाप बढेको छ । वायु प्रदूषणका कारण बालबालिका, गर्भवती, दीर्घरोगी, र जेष्ठ नागरिकहरू बढी जोखिममा पर्ने गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले वायु प्रदूषण बढेका कारण अनावश्यक यात्रा र बिहानी हिँडाइ नगर्न आग्रह गरेको छ ।

मन्त्रालयले विज्ञप्ति निकालेर बाहिर यात्रा गर्नैपरेमा अनिवार्य रूपमा मास्क लगाउन र अत्यधिक प्रदूषित क्षेत्रहरूबाट टाढा रहन भनेको छ ।

मन्त्रालयले वायु प्रदूषणले मुटु, रक्तनली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान, र घाँटीलगायतका अङ्गहरूमा गम्भीर असर पार्ने भन्दै स्वास्थ्य सावधानी अपनाउन सुझाव दिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका

भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा

काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू

बर्खायामको इन्धन ‘गुइँठा’ को जोहो हिउँदमै

महोत्तरी । महोत्तरीका ग्रामीण क्षेत्रमा खाना पकाउने इन्धनका लागि ‘गुइँठा’ को जोहो गर्न थालिएको छ । जिल्लाका बजार र सहरी

श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउ

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल र भारतबीच ऊर्जा विकासका सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

Techie IT