गृहपृष्ठ ∕
नेपाल ∕
आँखाको उपचारका लागि भारत, बङ्गलादेश र भुटानका बिरामी समेत नेपालमा आँखाको उपचारका लागि भारत, बङ्गलादेश र भुटानका बिरामी समेत नेपालमा
काठमाडाैँ । आँखाको उपचारका लागि छिमेकी भारतसहित बङ्गलादेश र भुटानका बिरामी समेत नेपालमा आउने गरेका छन् । आँखाको राम्रो उपचार हुने र सेवा पनि प्रभावकारी भएकाले विभिन्न देशबाट बिरामी नेपालमा आउने गरेका हुन् ।
सन् २०२४ को तथ्याङ्क अनुसार नेपाल नेत्रज्योति सङ्घको सञ्जालमार्फत नौ लाख सात हजार ७१ जना विदेशी नागरिकको आँखा परीक्षण तथा एक लाख ६२ हजार आठ सय ४५ जनाको शल्यक्रिया गरिएको छ । नेत्रज्योति सङ्घका २८ आँखा अस्पताल र दुई सय २४ आँखा उपचार केन्द्रबाट उनीहरुले उपचार सेवा लिएका सङ्घका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रले बताए ।
सञ्जालमार्फत सन् २०२४ मा ३२ लाख ६८ हजार ३४ जना आँखाका बिरामीको आँखा परीक्षण गरी दुई लाख ५८ हजार पाँच सय ७५ जनाको शल्यक्रिया गरिएको छ । सङ्घका अस्पताल तथा विभिन्न बाह्य कार्यक्रममार्फत ३४ हजार चार सय २५ जना आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ ।
सङ्घले आफ्ना सञ्जालमार्फत नेपाली तथा अन्य देशका नागरिक गरी अहिलेसम्म चार करोड ६८ लाख ६८ हजार ६० जनाको उपचार गरेको जनाएको छ । तीमध्ये ५३ लाख ९२ हजार दुई सय २४ जनाको आँखाको शल्यक्रिया गरेको कार्यकारी निर्देशक मिश्रले बताए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम
खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले
म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै
काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनमा जुट्न आग्रह गरेको छ
काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको
काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर