Techie IT
२०८२ वैशाख ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालआज देखि रवि लामिछाने सहित प्रतिवादी तर्फका वकिलले बहस गर्ने

आज देखि रवि लामिछाने सहित प्रतिवादी तर्फका वकिलले बहस गर्ने


काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित सात प्रतिवादीको थुनछेक बहस जारी छ ।

कास्की जिल्ला अदालतमा आज देखि लामिछाने सहितका प्रतिवादी पक्षका वकिलहरूले बहस गर्नेछन । बिहीबार जाहेरवाला सहकारी पीडित तर्फका वकिलहरुले बहस गरेका थिए भने मंगलबार र बुधबार सरकारी वकिलले बहस गरेका थिए ।

सरकारी वकिल र जाहेरवाला पक्षका वकिलहरूले लामिछाने सहित सातै जनालाई पुर्पक्षका लागि थुनामा पठाउन माग गरेका छन । आज प्रतिवादी तर्फ छबिलाल जोशी पक्षको अधिवक्ताहरूले बहस गर्नेछन् । त्यसपछि मात्र लामिछाने सहित अन्य प्रतिवादीका कानून व्यवसायीले बहस गर्ने तयारी भएको छ ।

लामिछानेका तर्फ बाट १५ जना, पूर्व डि.आइ.जी. जोशीका तर्फ बाट ६ जना, लिला पछाईंका १ जना र बाँकी प्रतिवादीका तर्फ बाट २÷२ जना कानून व्यवसायीले बहस गर्ने तय भएको छ । सूर्यदर्शन सहकारी ठगी आरोपमा पीडितले दिएको पूरक जाहेरीका आधारमा अहिले ७ जना विरूद्ध अदालत थुनछेक बहस चलिरहेको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

विद्युत् सेवा पटक पटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा

खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा

म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै

सरकारलाई दबाब दिन विद्यालय बन्द गर्न शिक्षक महासंघको आग्रह

काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनमा जुट्न आग्रह गरेको छ

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

Techie IT