Techie IT
२०८१ माघ २३, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालभीम रावलले ओलीमाथि लगाएको आरोप प्रचण्डको कपिपेस्ट: प्रदीप ज्ञवाली

भीम रावलले ओलीमाथि लगाएको आरोप प्रचण्डको कपिपेस्ट: प्रदीप ज्ञवाली


काठमाडौं । नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरि पार्टीबाट कारबाहीमा परेका नेता भीम रावलले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरेर अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्न र आरोपको वर्षा लगाएका थिए । साथै उनले ‘मातृभूमि जागरण अभियान’ चलाउने जानकारी दिएका थिए ।

बिहीबार बसेको एमाले सचिवालय बैठकले अध्यक्ष ओलीमाथि रावलले लगाएको आरोप अपेक्षित नै नभएको खण्डन गर्दै त्यसको प्रतिवाद गरेको छ । सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले ओलीबारे रावलको आरोप नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले २०७७ सालमा लगाएको भन्दा भिन्न नरहेको दाबी गरेका हुन् ।

‘हामीले धेरै छलफल गरेनौँ । किनभने त्यो नौलो कुरा भएन । २०७७ साल कात्तिकमा यिनै भाषामा प्रचण्डले अध्यक्ष केपी ओलीलाई यस्तै खालका टिप्पणी गर्नुभएको थियो’, ज्ञवालीले भने, ‘एक किसिमले कपिपेस्ट जस्तै हो नयाँ कुरा छैन ।’

साथै आरोप लगाएबाटै रावलमा कति धेरै नकारात्मकता भरिएको रहेछ भन्ने पुष्टि भएको ज्ञवालीको भनाइ छ ।

‘एकजनमा बाबुराम, प्रचण्डहरू पुराना पार्टीलाई डिक्सनेरीमा भएका सबै शब्द प्रयोग गर्नुहुन्थ्यो, पछि रविजीहरू पनि त्यसैगरी उदाउनुभयो । गालिगलोजले देश बन्दैन’, ज्ञवालीले भन्छन्, ‘३१ पेजमा साढे ३० पेज गालिगलोज र आधा पेज अभियान चलाउने कुरा गर्नुभएपछि छलफल गर्नुपर्ने विषय हामीलाई लागेन ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विदेशबाट पनि श्रम स्वीकृति

काठमाडौँ । विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ। मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको

बेलायती राजकुमार एडवार्ड नेपाल आउँदै

काठमाडौं । बेलायतका राजकुमार आज (माघ २२) नेपाल भ्रमणमा आउँदै छन् । अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित उनी नेपाल आउन

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइदै

काठमाडौ । आजदेखि देशभरका बालिकाहरूलाई एचपिभी खोप अर्थात पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइँदै छ । परिवार कल्याण महाशाखाकका अनुसार

माबो द्वारा टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा

ताप्लेजुङ । समुद्री सतह बाट पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्ज्याङ सम्म मोटरसाइकल यात्रा गरिएको छ ।

कृषिउपज सङ्कलन केन्द्र प्रयोगविहीन

नवलपरासी । ग्रामीण क्षेत्रमा उत्पादित कृषिउपज सङ्कलन र बिक्रीका लागि पश्चिम नवलपरासीको सरावलमा निर्माण गरिएको कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा प्रयोगविहीन

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितलाई क्षतिपूर्ति वितरण

तनहुँ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका एक

Techie IT