Techie IT
२०८१ माघ २३, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालदूधमती नदीको संरक्षण र सौन्दर्यकरणका लागि सीमाङ्कन शुरु

दूधमती नदीको संरक्षण र सौन्दर्यकरणका लागि सीमाङ्कन शुरु


महेन्द्रनगर (धनुषा) । धनुषा र महोत्तरी जिल्ला जोड्ने दूधमती नदीको संरक्षण तथा संवद्र्धन गर्ने उद्देश्यले सीमाङ्कनको काम शुरु गरिएको छ ।

विधिवत् रूपमा कार्यक्रम आयोजना गरी दूधमती नदीको उद्गमस्थल क्षीरेश्वरनाथ नगरपालिका–५ मा रहेको अरजनवाँ गाउँबाट सीमाङ्कनको काम सुरू गरिएको हो ।

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, मधेस प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव, मन्त्रालयका सचिव जक्की अहमद अन्सारी, क्षीरेश्वरनाथ नगरपालिकाका प्रमुख सुखदेव यादव, लक्ष्मिनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र झा लगायत जनप्रतिनिधिहरूले संयुक्त रूपमा नेपालको झण्डोत्तोलन गरेर सीमाङ्कनको शुभारम्भ गरेका थिए ।

धनुषा महोत्तरी क्षेत्रमा कूल २९ किलोमिटरको दूरीमा रहेको दूधमती नदीको सीमाङ्कनको प्रारम्भिक चरणमा नक्साअनुसार नापजाँच गरेर क्षेत्रफल निकाल्ने र पिलर गाड्नेसहित जग्गा छुट्याउने गरी पैनी खन्ने काम आजैदेखि सुरू गरिएको छ ।

दूधमती नदी संरक्षण तथा संवद्र्धन उच्चस्तरीय उपसमितिद्वारा सञ्चालित दूधमती नदी विकास परियोजनाअन्तर्गत अतिक्रमणमा परेका नदीको जग्गा अतिक्रमण मुक्त र पुरिसकेको नदी क्षेत्रको उत्खनन गरी नदीको सौन्दर्यीकरण गरिनेछ ।

सो अवसरमा कांग्रेस सहमहामन्त्री यादवले दूधमती नदी पर्यटकीय क्षेत्रमा रूपमा विकास भए क्षीरेश्वर नगरपालिका मात्र नभई धनुषादेखि महोत्तरीसम्मका जनताका लागि आर्थिक विकासको ठूलो अवसर रहेको बताए । यादवले दूधमती नदीको उकास र विकास भए धनुषा महोत्तरी मात्र नभई नेपाल भारत समेतका अन्य क्षेत्रका लागि यो एउटा ठूलो पर्यटकीय गणतव्यका रूपमा स्थापित हुने समेत बताए ।

उच्चस्तरीय समितिका अध्यक्षसमेत रहेका मन्त्री शेषनारायण यादवले प्रदेश सरकारको अहिलसम्मकै प्रदेश सरकारको ठूलो गौरवको आयोजना रहेको यो दूधमती नदीलाई करिडोरका रूपमा स्थापना गरिने भएकाले यसमा स्थानीय जनताको आवश्यकता रहेकाले सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा स्थानीय तहका तर्फबाट क्षीरेश्वरनाथ नगरपालिकाका प्रमुख सुखदेव यादवले परियोजना सुरू भएपछि नगरपालिकाबाट रू २५ लाख र लक्ष्मिनिया गाउँपालिकाका प्रतिनिधिले रू ११ लाख सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रदेश सरकारका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयले प्रारम्भिक चरणमा चालु आर्थिक वर्ष २०८१÷८२ मा रू दुई करोड ५० लाख रूपैयाँ बजेट छुटयाएको छ । आगामी वर्षदेखि डिपिआर अनुसार बढीभन्दा बढी बजेट छुट्याउने मन्त्री यादवले बताए ।

मन्त्रालयका सचिव अन्सारीका अनुसार नापजाँचका लागि नापी शाखा धनुषाका अमिन रामकृपाल अधिकारीको नेतृत्वमा चार सदस्यीय टोली खटाइएको छ । धनुषा र महोत्तरी नापी शाखालाई नापजाँचका लागि तीन महिनाको समयावधि दिइएको छ । नापजाँच सकिएपछि उत्खननको काम अघि बढाइनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विदेशबाट पनि श्रम स्वीकृति

काठमाडौँ । विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ। मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको

बेलायती राजकुमार एडवार्ड नेपाल आउँदै

काठमाडौं । बेलायतका राजकुमार आज (माघ २२) नेपाल भ्रमणमा आउँदै छन् । अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित उनी नेपाल आउन

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइदै

काठमाडौ । आजदेखि देशभरका बालिकाहरूलाई एचपिभी खोप अर्थात पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइँदै छ । परिवार कल्याण महाशाखाकका अनुसार

माबो द्वारा टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा

ताप्लेजुङ । समुद्री सतह बाट पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्ज्याङ सम्म मोटरसाइकल यात्रा गरिएको छ ।

कृषिउपज सङ्कलन केन्द्र प्रयोगविहीन

नवलपरासी । ग्रामीण क्षेत्रमा उत्पादित कृषिउपज सङ्कलन र बिक्रीका लागि पश्चिम नवलपरासीको सरावलमा निर्माण गरिएको कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा प्रयोगविहीन

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितलाई क्षतिपूर्ति वितरण

तनहुँ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका एक

Techie IT