Techie IT
२०८२ वैशाख १२, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालवाइडबडी खरिदमा नेपालका अधिकारीहरूलाई घुस दिएको ठहर भए पछि अमेरिकी कम्पनीलाई जरिवाना

वाइडबडी खरिदमा नेपालका अधिकारीहरूलाई घुस दिएको ठहर भए पछि अमेरिकी कम्पनीलाई जरिवाना


काठमाडौं । अमेरिकाले नेपाल बायुसेवा निगमका लागि दुई वटा वाइडबडी जहाज खरिद प्रक्रियाका लागि नेपालका अधिकारीहरुलाई घुस दिएको प्रमाणित भएपछि खरिद प्रक्रियामा सहभागी कम्पनीलाई जरिवाना गरेको छ ।

एएआर. कर्प कम्पनीलाई अमेरिकी सरकारले ५५ मिलियन डलर अर्थात ७ अर्ब ४२ करोड रुपैयाँ जरिवाना तिराएको हो । एयरबस खरिद सम्झौताको ठेक्का सम्झौता गर्न नेपाली अधिकारीहरुलाई अमेरिकाको एएर कम्पनीले साढे २ मिलियन डलर घुस दिएको प्रमाणित भएको थियो ।

अमेरिका सरकारको सार्वजनिक मामिला कार्यालय अन्तर्गतको न्याय विभागले विज्ञप्ति जारी गर्दै एएर कम्पनीले भ्रष्टाचार सम्बन्धी कानून उल्लंघन गरेकाले ५५ मिलियन डलर जरिवानाका लागि दोषी ठहरिएको उल्लेख गरेको छ । सो कम्पनीका एक अधिकारीले नेपालमा र दक्षिण अफ्रिकाका सरकारी अधिकारीहरुलाई घुस दिएको स्वीकारेको र २४ मिलियन डलर अवैध नाफा कमाएको पाइएको विज्ञप्तिमा उल्लेख छ ।

२०७३ साल पुस महिनामा नेपाल वायु सेवा निगमले अमेरिकाको एएआर कर्प कम्पनी बाट दुई वटा वाइडबडी जहाज किनेर नेपाल ल्याएको थियो । दुइटा जहाज खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको निष्कर्ष संसदको सार्वजनिक लेखा समितिको थियो ।

हालै मात्रै विशेष अदालतले निगमका तत्कालीन अध्यक्ष एवं पर्यटन सचिव शंकर अधिकारी, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार तथा बोर्डका सदस्यहरु बुद्धिसागर लामिछाने र शिशिर ढुंगाना सहित १० जनालाई दोषी ठहर गरेको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका

भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा

काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू

श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउ

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल र भारतबीच ऊर्जा विकासका सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु

मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम

Techie IT