गृहपृष्ठ ∕
नेपाल ∕
प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण खर्च ४ करोड २९ लाख प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण खर्च ४ करोड २९ लाख
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमणका क्रममा राज्य कोषबाट ४ करोड २९ लाख ५८ हजार रुपैयाँ खर्च भएको छ ।
अर्थ मन्त्रालयका अनुसार संयुक्त राष्ट्रसङ्घको ७९ महासभामा भाग लिन प्रधानमन्त्री ओलीको नेतृत्वमा अमेरिका भ्रमणमा गएको उच्चस्तरीय टोलीले राज्य कोषबाट ४ करोड २९ लाख ५८ हजार खर्च गरेको हुन् ।
प्रधानमन्त्री ओलीको नेतृत्वमा गत असोज ४ देखी १४ गतेसम्म ३० सदस्यीय टोली अमेरिका भ्रमणमा भएको थियो ।ओली संयुक्त राष्ट्र सङ्घको ७९ औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली गत असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्यूयोर्क गएका थिए । प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्किएका थिए ।
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित महासभामा सहभागी भएको भ्रमण टोलीको खर्च थप बजेट निकासा मार्फत गरिएको अर्थ मन्त्रालयले जनाएको छ।
परराष्ट्र मन्त्रालयले नियमित हुने विदेश भ्रमणका लागी पर्याप्त बजेट नछुटाउँदा थप बजेट निकासा गर्दै भुक्तानी गर्नु परेको अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । नेपाल स्टक एक्सचेन्स (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । नवनियुक्त सीईओ
पर्सा । पर्साको वीरगञ्ज सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ ।
काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखि
झापा । गत फागुनमा यहाँको हल्दीबारी गाउँपालिका–४ का ७६ वर्षीय भीमप्रसाद भट्टराईको हात्तीको आक्रमणमा परी ज्यान गयो। भट्टराई आफ्नो घरदेखि
महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्र चैत शुक्लपक्ष शुरु भएसँगै पर्वमय बनेको छ । आज चैत शुक्ल प्रतिपदासँगै वासन्ती नवारात्र
तनहुँ । आँबुखैरेनी गाउँपालिकाका मा तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ । तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको