Techie IT
२०८२ वैशाख १२, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालमहिला स्वास्थ्य स्वयंसेविकाको गुनासो: राज्यले बुझेन हाम्रो दुःख

महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो: राज्यले बुझेन हाम्रो दुःख


दाङ । दाङको घोराही उपमहानगरपालिका–६ निवासी माया चौधरी २०४६ साल देखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गरिरहेकी छन् ।

लामो समय देखि स्वयंसेविकाको काम गरे पनि राज्यले दुःख बुझ्न नसकेको उनको गुनासो छ । “स्वयंसेविकाका रूपमा काम गर्दा राज्यले हाम्रो मूल्याङ्कन गर्न सकेन”, उनले भने । आफ्नै खर्चमा गाउँ–गाउँ पुग्ने गरेको उनी बताउछन् ।

घोराही–१२ निवासी इमाकुमारी शर्माले पनि महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा काम गर्दा खाजा खर्च समेत नपाएको गुनासो गरे । “हामीले दुःख मात्र गरेका छौं, श्रमको उचित मूल्य पाउन सकेका छैनौँ”, उनले भनिन् । सुविधाका नाममा बैठक भत्ता ४५०, वार्षिक पोशाक भत्ता १० हजार, खोप लगाउँदा तथा औषधि खुवाउँदा दैनिक ४ सय र त्यस भन्दा अरू प्राप्त गर्न नसकेको उनले बताइन् ।

घोराही–१९ निवासी निर्मला पुनले भौगोलिक रूपमा विकट सैघामा काम गर्दा धेरै समस्या भोग्नुपरेको बताइन् । “घण्टौँ हिँडेर घरघरमा पुग्नुपर्छ तर, राज्यको तर्फ बाट कुनै सहयोग पाउन सकेका छैनौं”, उनले भने, “वर्षौँ देखि गरेको कामका आधारमा सरकारले सेवा सुविधा दिन आवश्यक छ ।”

घोराही–३ निवासी जुनकुमारी रोकामगरले सञ्चारको सहज पहुँच नहुँदा काम गर्न समस्या भएको बताइन्। घोराही उपमहानगरपालिका–९ निवासी शान्ता केसी २०४५ साल देखि महिला स्वास्थ्य स्वयंसेविका रूपमा काम गर्दै आएकी छन् । उनले ३६ वर्ष देखि निःशुल्क काम गर्दै आएको बताइन् । यत्तिका वर्ष सम्म काम गर्दा पनि राज्यले सहयोग नगरेको उनले बताइन् । गाउँगाउँमा स्वास्थ्यका सूचक सङ्कलन तथा स्वास्थ्य सचेतनाको काममा सरकारले खटाउने गरे पनि सेवा सुविधा दिन कन्जुस्याइँ गरेको उनको गुनासो छ । उनी भने, “हाम्रो श्रमको मूल्याङ्कन राज्यले गरेन ।”

केही दिन अघि यहाँ महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि आयोजित एक अभिमूखीकरण कार्यक्रममा उनीहरुले यस्तो गुनासो गरेका हुन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका

भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा

काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू

श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउ

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल र भारतबीच ऊर्जा विकासका सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

Techie IT