Techie IT
२०८२ वैशाख ६, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालनुवाकोटमा २ वटा पक्कि पुल निर्माण शुरु

नुवाकोटमा २ वटा पक्कि पुल निर्माण शुरु


नुवाकोट । नुवाकोटको लिखु गाँउपालिका वडा नं. ३ स्थित सिन्दुरे खोलामा दुई वटा पक्कि पुलको निर्माण थालिएको छ ।

लिखु गाँउपालिकालाई जिल्लाको बेलकोटगढी नगरपालिका र ककनी गाँउपालिका सँग जोड्न तथा सदरमुकाम विदुर तथा राजधानी काठमाडौ आउजाउ गर्न सहज बनाउन एकै गाँउको एउटै खोलामा दुई वटा पक्कि पुल निर्माण थालिएको हो ।

दुई पुलको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा र भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्के बाट सयुक्त रुपमा शिलान्यास गरेका छन । सिन्दुरे खोलामा निर्माण थालिएका दुई पुल मध्ये लिखु गाँउपालिका–३ स्थित सुपारीखोल्छी बाट बेलकोटगढी–१३ स्थित ढाडेँफेदी जोड्ने पक्कि पुलको लागत ८ करोड ४६ लाख रहेको छ ।

लिखु–३ स्थित कटरबोटे बाट ककनी–७ चतुरालेफेदी जोड्ने पक्कि पुलको लागत ५ करोड ८६ लाख रहेको छ । दुई पुल विसं.२०८२ असोज सम्म सम्पन्न गर्नु पर्ने गरेर निर्माण व्यावसायीलाई जिम्मेवारी दिइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT