गृहपृष्ठ ∕
नेपाल ∕
गलकोटमा सङ्घीय सरकारको अनुदानमा अस्पताल भवन निर्माण हुँदै गलकोटमा सङ्घीय सरकारको अनुदानमा अस्पताल भवन निर्माण हुँदै
बागलुङ । सङ्घीय सरकारको विशेष अनुदानमा बागलुङको काठेखोला गाउँपालिकाको रेशमा पाँच शय्याको आधारभूत अस्पताल निर्माण गरिएको छ । ३ करोड ६४ लाख ६५ हजारको लागतमा गत वर्ष देखि अस्पताल भवन निर्माण शुरु गरिएको थियो ।
काठेखोला – ७ स्थित रेश वडा कार्यालय नजिकै उक्त अस्पताल निर्माण गरिएको हो । गाउँपालिकाले अन्य दुई स्थानमा आधारभूत अस्पताल निर्माण गरेको छ । बिहुँमा बनाएको बिहुकोट आधारभूत अस्पताल उद्घाटन भइसकेको छ भने रेशमा पाँच शय्याको अस्पताल भवन लगत्तै सेवा दिनेगरी निर्माण गरिएको काठेखोला–७ का वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिए ।
नागरिकलाई जटिल प्रकारको स्वास्थ्य समस्या देखिए बागलुङ बजार लैजानुपर्ने बाध्यताको अन्त्य गर्न अस्पताल बनाइएको उनले बताए । गाउँपालिकाले प्रत्येक वडामा स्वास्थ्य संस्था, पायक पर्ने टाढाका रहेका गाउँ नागरिकलाई लक्षित गरी रेशमा अस्पताल बनाए पछि सहज हुने छ भने तत्कालै सेवा विस्तारमा पालिकाले ध्यान दिने काठेखोला गाउँपालिकाका प्रवक्ता टीकासङ्गम विकले बताए ।
गाउँगाउँमा आधारभूत स्वास्थ्य एकाइ स्थापना भए पछि उपचारका लागि सहज भए पनि सेवाको गुणस्तर र जटिल खालका उपचार पनि गाउँमै गर्ने वातावरण मिलाउनका लागि आधारभूत अस्पताल निर्माण गरिएको उनको भनाइ छ । आधारभूत अस्पतालमा मेडिकल अधिकृत सहितको सेवा दिन पालिकाले पहल गरेको अध्यक्ष थापाले बताए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका
काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू
काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि
काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार
बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम