Techie IT
२०८२ वैशाख ६, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालनेपाली पर्यटन व्यवसायीका लागि ६ महिने चिनियाँ भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपाली पर्यटन व्यवसायीका लागि ६ महिने चिनियाँ भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न


काठमाडाैँ । नेपाली पर्यटन व्यवसायीहरूका लागि ६ महिने चिनियाँ भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल पर्यटन बोर्ड, चिनियाँ दूतावास र नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्को संयुक्त आयोजनामा सम्पन्न यो तालिम नेपालका पर्यटन व्यवसायीहरूलाई चिनियाँ पर्यटकहरूसँग अझ प्रभावकारी रूपमा जोड्न र सेवा दिन सक्षम बनाउने उद्देश्यले सञ्चालन गरिएको आयोजकले जनाएका छन् ।

कार्यक्रमको समापन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछाने, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐयर, चिनियाँ दूतावासका मिसन उपप्रमुख वाङ सिन र नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डा. हरिशचन्द्र शाहलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

यस वर्षको कार्यक्रममा एक सय जना भर्ना भएका थिए जसमध्ये ४० जनाले चिनियाँ भाषा मापदण्डअनुसारको दक्षता हासिल गर्दै प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन् । प्रशिक्षित सहभागीहरूले अब नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरूको बढ्दो चापलाई सम्बोधन गर्न सक्षम भएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT