गृहपृष्ठ ∕ नेपाल ∕ बेलायत र रोमानिया पठाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउबेलायत र रोमानिया पठाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउ नेपालीपत्र बुधबार, २०८१ मंसीर २६ गते, १६:०५ मा प्रकाशित नेपाल प्रतीकात्मक तस्बिरकाठमाडाैँ । वैदेशिक रोजगारीमा बेलायत र रोमानिया पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–१२ घर भई काठमाडाैँ महानगरपालिका–२८ बस्ने ३२ वर्षका गीता कुँवर र कास्कीको पोखरा महानगरपालिका–२५ घर भई काठमाण्डौको टोखा नगरपालिका–६ बस्ने ३० वर्षका मधु तिमल्सिना अधिकारी रहेका छन् ।कुँवरले बेलायत पठाइदिने भन्दै आठ जनाबाट १६ लाख पाँच हजार र तिमल्सिनाले तीन जनाबाट सात लाख रुपैयाँ उठाएर सम्पर्कविहीन भएका काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।उनीहरूलाई काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताए । #पक्राउग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाईबर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम विद्युत् सेवा पटक पटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामाखोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्पराम्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै सरकारलाई दबाब दिन विद्यालय बन्द गर्न शिक्षक महासंघको आग्रहकाठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनमा जुट्न आग्रह गरेको छ चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तारकाठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएकोधेरै पढिएका खबर १ शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई २ प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै ३ मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै ४ मामीमा नेपाली चलचित्र ५ गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कार ६ सरकारलाई दबाब दिन विद्यालय बन्द गर्न शिक्षक महासंघको आग्रह ७ नेपालले दिँदै जलवायुजन्य जोखिमका उदाहरणThe Film Nepal