प्रमुख सूचना आयुक्तले लिए शपथ
काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओली समक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रधानमन्त्री निवासमा आज(बुधबार) बिहान भएको समारोहमा प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त आचार्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । प्रधानमन्त्रीको उपस्थितिमा प्रमुख आयुक्त आचार्यले नवनियुक्त आयुक्त गगन विष्ट र दुर्गा भण्डारीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री ओलीले संविधानमा व्यवस्था भएको मौलिक हकका रूपमा सूचनाको हकको कार्यान्वयन र उपयोगका लागि आयोगको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिए । असम्बन्धित व्यक्तिले अनेक सूचना मागेर सरकारका कामलाई अल्मल्याउने प्रवृत्तिलाई प्रोत्साहन गर्न नहुने भन्दै उनले सूचनाको हक उपयोग गर्दा त्यो न्यायोचित भएनभएको निक्र्योल गरी अराजकताले प्रश्रय पाउन नहुने बताए ।
समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङ, उक्त मन्त्रालयका सचिव राधिका अर्याल लगायत उपस्थिति थिए । मन्त्रिपरिषद्को यही मङ्सिर ६ गतेको बैठकले उनीहरुलाई आयोगमा नियुक्त गरेको हो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । इन्टरनेट सेवा प्रदायक डिशहोम इन्टरनेटले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै इन्टरनेटसँगै सुरक्षा निगरानीका लागि वाइफाइ आइपी क्यामेरा पनि उपलब्ध
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सञ्चालनमा ल्याएको हटलाइन सेवा (११५१)मा उजुरी दिनेको सङ्ख्या उल्लेख्य देखिएको छ । काममा
एजेन्सी । भारतको गुजरात राज्यमा एक पटाका गोदाममा भएको विस्फोटपछि आगलागी हुँदा १७ जनाको मृत्यु भएको छ भने पाँच जना
काठमाडाैँ । नेपाल स्टक एक्सचेन्स (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । नवनियुक्त सीईओ
पर्सा । पर्साको वीरगञ्ज सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ ।
काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखि