Techie IT
२०८१ माघ २३, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालगढीमाई मेलामा बाराका १६ वटै पालिकामा बिदा

गढीमाई मेलामा बाराका १६ वटै पालिकामा बिदा


काठमाडौं । बारामा प्रत्येक पाँच वर्षको मंसिर महिनाभरी लाग्ने विश्व प्रसिद्ध गढीमाई मेलाको अवसरमा बाराको १६ वटै पालिकाले ४ दिन सार्वजनिक बिदा दिने भएको छ ।

गढीमाई क्षेत्रको पर्यटकीय, संस्कृतिक विकास र प्रवर्द्धन गर्न जिल्लाको सबैै पालिकाले स्थानिय चाड पर्व बिदा अन्तर्गत अत्याबस्यक वाहेक सबै संघ संस्थालाई मंसिर २१ गते देखि २४ गते सम्म सार्वजनिक बिदा दिएको हो ।

मंसिर १ गते देखि सुरु भएको मेलामा स्थानीय पालिकाहरुले सार्वजनीक बिदा बाहेक भक्तजनहरुका लागी मेला प्रवेश गर्ने बाटो सहज बनाएको छ ।

भारतिय सिमाबर्ति क्षेत्रबाट आउने दर्शनार्थीहरुलाई भंसारमा सहजीकरण गरेको पालीकाले मेला वरपर अस्पताल तथा, शोैचालय, सहज बनाएको छ । नेपाल, भारत लगाएतका देशबाट आउने दर्शनार्थीहरुलाई निःशुल्क बस्ने, खान समेत स्थानीय पालिकाहरुले मेला स्थलमा गरेको छ ।

मेलालाई व्यवस्थीत गर्न पालिकाहरुले प्रवेश गर्ने स्थानहरुमा गेट, बति, सौन्दर्यकरण गरेर १६ बटे पालिकाले अपनत्व लिएको यो पहिलो पटक हो ।

गत मंसिर २ गते जिल्लाको १६ वटै स्थानीय सरकारका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरुको बसेको बैठकले गढिमाई मेला वयवस्थीत तगर्न विभिन्न निर्णय गरेको थियो. । १ हजार विगाह क्षेत्रफलमा लागेको प्रसिद्ध गढीमाई मेलामा नेपाल भारतका लाखौ भक्तजनहरु ऋाउने क्रम सुरु भए संगै जिल्ला सुरक्षा समितीले करिब १५ सय प्रहरी खटाएको छ ।

मेलाको विषेश पूजासँगै मंसिर २३ गते देखि मनोकमना पूरा भएका श्रदालुहरुले चढाउन ल्याएका लाखौको संख्यामा रागां, बोका, कुखुरा, हास, परेवा बलि दिईने मेला मूल आयोजक समितीले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विदेशबाट पनि श्रम स्वीकृति

काठमाडौँ । विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ। मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको

बेलायती राजकुमार एडवार्ड नेपाल आउँदै

काठमाडौं । बेलायतका राजकुमार आज (माघ २२) नेपाल भ्रमणमा आउँदै छन् । अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित उनी नेपाल आउन

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइदै

काठमाडौ । आजदेखि देशभरका बालिकाहरूलाई एचपिभी खोप अर्थात पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइँदै छ । परिवार कल्याण महाशाखाकका अनुसार

माबो द्वारा टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा

ताप्लेजुङ । समुद्री सतह बाट पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्ज्याङ सम्म मोटरसाइकल यात्रा गरिएको छ ।

कृषिउपज सङ्कलन केन्द्र प्रयोगविहीन

नवलपरासी । ग्रामीण क्षेत्रमा उत्पादित कृषिउपज सङ्कलन र बिक्रीका लागि पश्चिम नवलपरासीको सरावलमा निर्माण गरिएको कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा प्रयोगविहीन

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितलाई क्षतिपूर्ति वितरण

तनहुँ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका एक

Techie IT