Techie IT
२०८१ पुस २४, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालनिर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पाँच मजदुरको मृत्यु

निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पाँच मजदुरको मृत्यु


रोल्पा । रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पुरिएर आइतबार पाँच मजदुरको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरिक्षक कुबेर कठायतका अनुसार सुनछहारी गाउँपालिका–३, गाममा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किँदा सोही ठाउँका ४५ वर्षीय दुजमान परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुवित्रा परियार, २७ वर्षीया आइती परियार र ६६ वर्षीय देवीराम परियारको मृत्यु भएको छ ।

निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किएर उनीहरू पुरिएका थिए । मौलाबाङ र बाहिरी गाम जोड्न झोलुङ्गे पुल निर्माण भइरहेको थियो। पुल निर्माणमा सात मजदुर खटिएका थिए । पर्खाल भत्केको देखेपछि दुई जना भाग्न सफल भएको प्रहरीले जनाएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

तिब्बत भूकम्पले नेपालमा कस्तो असर पर्यो ?

विराटनगर । चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलको भूकम्प जाँदा यसको धक्का विशेष गरेर कोशी प्रदेशका

नेपालगञ्जमा सहुलियत पसल माघ २ गतेसम्म सञ्चालन हुने

बाँके । नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सञ्चालन गरेको सहलियत पसल आगामी माघ २ गतेसम्म सञ्चालन हुने भएको

महालक्ष्मी खोला–मातातीर्थ सडक आगामी माघ ७ सम्म बन्द

मकवानपुर । मकवानपुर र काठमाडौं जोड्ने महालक्ष्मी खोला–मातातीर्थ सडक आजदेखि आगामी माघ ७ गतेसम्म बन्द हुने भएको छ । उक्त

पर्वतमा ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु

पर्वत । जिल्लाको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा १ जना महिलाको घटनास्थलमा मृत्यु भएको छ ।

एमसीसीले झन्डै ७ अर्ब रुपैयाँ अनुदान थप्ने

वाशिङ्टन (अमेरिका) । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले झन्डै सात अर्ब रुपैयाँ अनुदान थप्ने भएको छ ।

आज देखि रवि लामिछाने सहित प्रतिवादी तर्फका वकिलले बहस गर्ने

काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित सात प्रतिवादीको थुनछेक

Techie IT