Techie IT
२०८२ वैशाख १२, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालप्रधानमन्त्री ओली सोमबार चीन भ्रमणमा जाँदै

प्रधानमन्त्री ओली सोमबार चीन भ्रमणमा जाँदै


काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओली सोमबार चीन प्रस्थान गर्दैछन् । प्रधानमन्त्री ओली चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणमा चीन भ्रमणमा जान लागेका हुन ।

भ्रमणका क्रममा चीनका राष्ट्रपति सी जिनपिङ, चीनका प्रधानमन्त्री ली छ्याङ सँग प्रधानमन्त्री ओलीको उच्चस्तरीय वार्ता हुने तय भएको छ । यसैबीच, शनिबार प्रधानमन्त्रीको आसन्न चीन भ्रमण लगायत विविध विषयमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शीतल निवासमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार बिआरआई परियोजना सहित विविध विषयमा छलफल जारी रहेको र भ्रमणलाई सफल बनाउन उच्च स्तरमा पहल भइरहेको छ । प्रधानमन्त्री ओलीको यस भ्रमणका क्रममा सम्पर्क सञ्जालको विकास, व्यापार तथा पारवहन, लगानी, पर्यटन, पूर्वाधार विकास, कृषि लगायतका क्षेत्रमा सहयोग आदानप्रदानका विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ ।

यसैबीच, चीन सँग हुने भनिएको बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआईको सम्झौतालाई लिएर बहस चलिरहेका बेला पहिलो पटक कांग्रेस र एमाले एकठाउँमा देखिएका छन् । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले बीआरआई परियोजनाको सहकार्यको ढाँचामा सम्झौताको संशोधित मस्यौदालाई अन्तिम रूप दिएर चीन पठाएका हुन् । नयाँ मस्यौदामा नेपालले बीआरआई अन्तर्गतका आयोजनाहरू कार्यान्वयन गर्न अनुदान स्वीकार गर्ने स्पष्टरूपमा उल्लेख गरिएको छ । नयाँ दस्तावेज नेपाल र चीन बीचको आर्थिक र विकास सहयोगमा मात्र केन्द्रित रहेको बताइएको छ ।

कांग्रेस र एमाले बीच भएको समझदारी अनुसार नेपालले काठमाडौं–रसुवागढी सडक स्तरोन्नतिजस्ता आयोजनामा लगानी गर्न चिनियाँ अनुदान माग गर्नेछ । यसमा टोखा–छहरे सुरुङ, कोरला सीमानाको नेपाली पक्षमा पूर्वाधार विकास, मदन भण्डारी प्राविधिक विश्वविद्यालयको निर्माण डडेल्धुरामा खेलकुद रंगशाला, प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र झापाको दमकमा रहेको नेपाल–चीन मैत्री पार्क लगायत योजना छन ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका

भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा

काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू

श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउ

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल र भारतबीच ऊर्जा विकासका सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

Techie IT