Techie IT
२०८१ मंसीर १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालबाराको रामराजा क्याम्पस प्रमुख कुशवाहाको हत्यामा संलग्न मुख्य आरोपी पक्राउ

बाराको रामराजा क्याम्पस प्रमुख कुशवाहाको हत्यामा संलग्न मुख्य आरोपी पक्राउ


बारा । रामराजा बहुमुखी क्याम्पस, बाराका प्रमुख हरिभुषण कुशवाहाको हत्यामा संलग्न मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

गत ३२ जेठमा भएको कुशवाहा हत्याका आरोपी सुरेन्द्र कुशवाहालाई जिल्ला प्रहरी कार्यालय बाराको टोलीले पक्राउ गरेको हो ।

कुशवाहाले जग्गा सम्बन्धी विवादमा कुशवाहाको गाली हानी हत्या गरेको बताइएको छ । क्याम्पस प्रमुख कुशवाहाको हत्यामा सुरेन्द्र सहित १७ जनाको संलग्नता रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका कुशवाहालाई जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

बाराको आदर्शकोतवाल गाउँपालिका- ३, बतरामा क्याम्पस प्रमुख कुशवाहा माथि गोली प्रहार भएको थियो । गम्भीर घाइते उनलाई तुरुन्तै बयोधा अस्पताल, वीरगञ्ज लगिएको थियो । त्यसबेला उनले गोली प्रहारमा सुरेन्द्रको संलग्नता रहेको बताएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

परियोजनाको लाभ लक्षित वर्गमा सुनिश्चित हुनुपर्ने: मुख्यमन्त्री सिंह

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आदिवासी जनजाति र स्थानीय समुदायका लागि समर्पित अनुदान संयन्त्र (डिजिएम) परियोजनाको कार्यान्वयन प्रक्रिया

परराष्ट्र मन्त्री राणा चीन प्रस्थान

काठमाडौँ । परराष्ट्र मन्त्री आरजु राणा देउवा चीन प्रस्थान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ देखि हुने

पूर्व–पश्चिम राजमार्गमा कन्टेनर पल्टियो

हेटौँडा । पूर्व–पश्चिम राजमार्गमा कन्टेनर पल्टिएको छ । बिहान सवा १० बजेतिर हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाईस्थित पूर्व–पश्चिम राजमार्गमा वीरगन्जबाट काठमाडौँ आउँदै

कोप–२९ मा ‘एनसीक्यूजी’ कार्यान्वयन प्रक्रिया स्पष्ट नभएको गुनासो

काठमाडाैँ । अजरबैजानमा यही हप्ता सकिएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारुप महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रको २९औं शिखर सम्मेलन (कोप–२९)

मकवानपुरमा सुतिरहेका बेला साबेल प्रहार गरी साथीको हत्या

काठमाडौँ । मकवानपुरमा एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन् । घरमा सुतिरहेका साथी जितबहादुर मोक्तानलाई अम्मरबहादुर लोप्चनले साबेलले प्रहार

भक्तपुरमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु, १ जनाको अवस्था…

भक्तपुर । मध्यपुर ठिमि नगरपालिका–३ गठ्ठाघरचोकमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना

Techie IT