परराष्ट्र मन्त्री आरजु राणा आज चीन जाँदै
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आज(बिहीबार) चीनको औपचारिक भ्रमणमा जाँदैछिन् ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा विदेश मामिला केन्द्रीय आयोगको कार्यालयका निर्देशक समेत रहेका वाङको निमन्त्रणमा मन्त्री राणाले यही आज देखि १५ गते सम्म चीनको भ्रमण गर्न लागेकी हुन् ।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री डा. राणाले मङ्सिर १४ गते आफ्ना चिनियाँ समकक्षी सँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । भेटवार्तामा उनीहरुले प्रधानमन्त्री के.पी. शर्मा ओलीको आसन्न चीनको औपचारिक भ्रमणको तयारी लगायत दुई देश बीचको आपसी हितका विविध विषयमा व्यापक छलफल गर्नेछन् ।
प्रधानमन्त्री ओलीको चीन भ्रमण यही मंसिर १७ गते देखि हुने भनिए पनि दुवै देशले औपचारिक रुपमा घोषणा गरेका भने छैनन् । परराष्ट्रमन्त्री डा.राणा मङ्सिर १५ गते स्वदेश फर्किने कार्यक्रम छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीको फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका लागि सहकार्य भएको छ । ब्रिटिस
काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत आपूर्तिमा कुनै समस्या नरहेको र लोडसेडिङ पनि नहुने स्पष्ट पारेको छ । प्राधिकरणले विज्ञप्ति
कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएकी छिन् ।
इलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार
म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका
काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू