Techie IT
२०८१ मंसीर ११, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालवैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने ३ जना पक्राउ

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने ३ जना पक्राउ


काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षको तलबको प्रलोभनमा रकम ठगी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् ।

विभिन्न देशमा पठाइदिने भनी सर्वसाधारणबाट रकम असुल गरी सम्पर्क विहीन भएका धनुषाको मिथिला नगरपालिका–९ का ४१ वर्षीय रवीन कोइराला, धादिङको सिद्धलेक गाउँपालिका–७ आदमटारका ३६ वर्षीय पदमबहादुर भुजेल र झापा बाह्रदर्शी गाउँपालिका–३का ४१ वर्षीय कार्तिकलाल राजवंशी पक्राउ परेका हुन् ।

रविनले १ लाख, पदमले ३ र कार्तिक ७ लाख ७० हजार लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिने घोषणा गरेका छन् । सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा

घरको फोहोर सडकमा फाल्नेलाई महानगरले तिरायो जरिवाना

काठमाडौँ । सडकमा फोहोर फ्याँक्ने एक व्यक्तिलाई काठमाडौँ महानगरपालिकाले जरिवाना गराएको छ । काठमाडौँ महानगरपालिका-१४ स्थित कुलेश्वरमा घरको फोहोर सडकमा

व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी

बाँके । जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपले व्यावसायिक सिँगडाखेती (पानीमा उम्रिएर लहरोमा फल लाग्ने) गरेर गाउँमा नै लाखौँ रुपैयाँ

आज काठमाडौंको यी स्थानमा बिजुली काटिने

काठमाडौं । काठमाडौंको लाजिम्पाट, पानीपोखरी, बालुवाटार लगायत क्षेत्रमा केवल लाइन विस्तारका लागि नेपाल विद्युत् प्राधिकरणले आज(मंगलबार) बिजुली काटिने जनाएको छ

‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’

ललितपुर । ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले ‘स्मार्ट सिटी’ हुनका लागि हिंसारहित समाज अनिवार्य रहेको बताएका छन् । ललितपुर महानगरपालिकाद्वारा

धरानको घण्टाघर घुम्न जाने पर्यटक बढदै

काठमाडौं । धरान उपमहानगरपालिका २ स्थित धरानको भानु चोक अवस्थित घन्टाघर घुम्न जाने पर्यटक बढेका छन । हङकङ मन्च नगर

Techie IT