गृहपृष्ठ ∕ नेपाल ∕ उपचुनावको प्रचारमा तोकिएकाभन्दा बढी गाडी प्रयोग नगर्न आयोगको निर्देशनउपचुनावको प्रचारमा तोकिएकाभन्दा बढी गाडी प्रयोग नगर्न आयोगको निर्देशन नेपालीपत्र सोमबार, २०८१ मंसीर १० गते, १०:१८ मा प्रकाशित नेपाल काठमाडाैँ । निर्वाचन आयोगले उपचुनावको प्रचारका क्रममा तोकिएकोभन्दा बढी गाडी र ‘लाउड स्पीकर’को प्रयोग भएको भन्दै त्यसलाई रोक्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।आयोगको हिजोको बैठकले निर्वाचन कानुन तथा आचारसंहिता विपरितका कार्य नगर्न तथा नगराउन पुनः सचेत गराएको हो ।चुनावी प्रचारप्रसारको सिलसिलामा राजनीतिक दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले आयोगले तोकेको सङ्ख्याभन्दा बढी र आयोग वा निर्वाचन अधिकृतले अनुमति दिएकोबाहेक अरु गाडी प्रयोग गर्न वा गराउन नपाउने नियम छ ।यो नियम विपरित कार्य गर्नेलाई आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५ हजार रुपैयाँसम्म जरिमाना गर्न सक्ने आयोगले जनाएको छ । #निर्वाचन आयोगग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउकाठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल र भारतबीच ऊर्जा विकासका सम्झौतामा हस्ताक्षरकाठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि ९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाईबर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम विद्युत् सेवा पटक पटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामाखोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्पराम्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दैधेरै पढिएका खबर १ शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई २ प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै ३ सरकारलाई दबाब दिन विद्यालय बन्द गर्न शिक्षक महासंघको आग्रह ४ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ५ संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री ६ मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु ७ Tilda Lights Up Diwali 2024 with Madhu’s: A Festival of Flavours and TraditionThe Film Nepal