Techie IT
२०८२ वैशाख ११, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालसभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै

सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै


काठमाडौँ । सभामुख देवराज घिमिरे शुक्रबार (आज) कम्बोडिया जाँदै छन् । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन आई.पी.टी.पी.मा सहभागी हुन घिमिरे कम्बोडिया जान लागेका हुन् ।

कम्बोडियाको नोम पेन्ह शहरमा नोभेम्बर २३ देखि २६ सम्म अर्थात् मंसिर ८ गते देखि १० गते सम्म उक्त सम्मेलन हुँदैछ । सभामुख घिमिरे सम्मेलनमा सहभागी भएर ११ गते स्वदेश फर्कने कार्यक्रम छ । ग्लोबल काउन्सिल फर टोलरेन्स एन्ड पिसले विभिन्न मुलुकका सांसद बीच अन्तरक्रियाका लागि सन् २०१७ देखि यो सम्मेलन आयोजना गर्दै आएको छ ।

सम्मेलनमा एक सय भन्दा बढी देशका जनप्रतिनिधि सहभागी हुनेछन् । अर्को कार्यक्रमका लागि विभिन्न ८ राजनीतिक दलका १३ जना नेता पनि कम्बोडिया गएका छन् नेकपा एमालेका विदेश विभाग प्रमुख रघुविर महासेठ र पूर्वविदेश विभाग प्रमुख राजन भट्टराई लगायतका नेताहरू कम्मोडिया गएका हुन् ।

उक्त टोलीमा सत्तारुढ नेपाली कांग्रेसकी नेतृ तथा पूर्व परराष्ट्र मन्त्री सुजाता कोइराला, प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा, जनमत पार्टीका अध्यक्ष सीके राउत, रा.प्र.पा. नेता उद्धव पौडेल, नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल लगायत छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउ

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल र भारतबीच ऊर्जा विकासका सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

विद्युत् सेवा पटक पटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा

खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा

म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै

Techie IT