गृहपृष्ठ ∕ नेपाल ∕ विवाह गर्न वडाको सिफारिस अनिवार्यविवाह गर्न वडाको सिफारिस अनिवार्य नेपालीपत्र बुधबार, २०८० जेठ ३१ गते, ०८:४७ मा प्रकाशित नेपाल जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका–९ ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व वडाको सिफारिस अनिवार्य गरेको हो ।वडाध्यक्ष शिवराज गिरीले भने, “बढ्दै गएको बालविवाहलाई मध्यनजर गरी यस वडाले न्यूनीकरणका लागि सम्पूर्ण टोल बस्तीमा विवाहपूर्व वडाबाट सिफारिस लिई विवाह कार्य अगाडि बढाउन अनुरोध गरेको छ ।”विवाहका लागि वडाबाट सिफारिस लिँदा उनीहरूको वास्तविक जन्म मिति थाहा हुने र बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा वडाले लिएको शिवराज गिरीले जानकारी दिए । वडालाई बालमैत्री वडा घोषणा गरिएको छ ।बालमैत्री वडाको दिगोपनका लागि विवाहका लागि उमेर पुगेका युवायुवतीले वडा कार्यालयबाट अनिवार्य सिफारिस लिनुपर्ने नियम बनाइएको वडाध्यक्ष गिरीले बताए । जन्मदर्ता र नागरिकता साथमा ल्याई विवाहका लागि सिफारिस लिन सकिने छ । #कुशे गाउँपालिकाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार तिहारले पौराणिक, सांस्कृतिक र वैज्ञानिक महत्त्व बोकेको छ: राष्ट्रपतिकाठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पौराणिक, सांस्कृतिक र वैज्ञानिक महत्त्व बोकेको उज्यालो पर्व भएको बताएका छन्। तिहारको अवसरमा शुभकामना यस्ता छन् लुम्बिनी प्रदेश सरकारका सय दिने उपलब्धिलुम्बिनी । लुम्बिनी प्रदेश सरकारले एक सय दिनको अवधिमा सम्पादन गरेका एक सय उपलब्धि सार्वजनिक गरेको छ । मुख्यमन्त्री चेतनारायण तिहारको बिदामा पनि सर्वोच्च अदालत खुला रहनेकाठमाडौं । तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ । तिहार पर्वको तनहुँको सयपत्री कतार निर्याततनहुँ । आँबुखैरेनी गाउँपालिका–१ याञ्चोकटारमा उत्पादित सयपत्री फूल कतार निर्यात भएको छ । पहिलो चरणमा ‘ए ग्रेड’ गरिएका एक सय सेवा लम्सालको नाम बेल्जियमका लागि राजदूतमा अनुमोदनकाठमाडौँ । संसदीय सुनुवाइ समितिले सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूत बनाउने प्रस्ताव अनुमोदन भएको छ । बुधबार बसेको बसेको आज काग तिहार मनाइँदैकाठमाडौँ । आज कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार । नेपालीहरुको दोश्रो ठुलो चाड तिहारअन्तर्गत आज काग तिहार मनाइँदैछ । प्रत्येकधेरै पढिएका खबर १ तीनकुनेमा दुर्घटना गराएर फरार चालक कुपण्डोलबाट पक्राउ २ ठगी धन्धामा संलग्न नक्कली घुमुवा प्रहरी पक्राउ ३ आज विजयादशमी, नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाइँदै ४ प्रहरी समायोजन ऐन जारी गर्न मधेस प्रदेशका मुख्यमन्त्री सिंहको आग्रह ५ प्रहरीले जनता निराश बनाउने काम गर्न हुँदैनः मुख्यमन्त्री कार्की ६ शेयर बजार आज पनि दोहोरो अङ्कले बढ्यो ७ जनतासँग जोडिएको विकास मात्र दिगो हुन्छ: महासचिव पोखरेलThe Film Nepal