Techie IT
२०८२ वैशाख ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थउद्योगहरूमा सबैभन्दा बढी कर तिर्ने वरुण विभरेज सम्मानित

उद्योगहरूमा सबैभन्दा बढी कर तिर्ने वरुण विभरेज सम्मानित


काठमाडौँ । उद्योगहरूमा सबैभन्दा बढी कर तिर्ने वरुण विभरेज सम्मानित भएका छन्।

शनिबार आन्तरिक राजस्व विभागले विशेष उद्योगहरूमध्ये सबैभन्दा बढी कर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्‍याएको भन्दै विभरेजलाई सम्मान गरेको हो।

राष्ट्रिय कर दिवस २०८१ को अवसरमा वरुण विभरेज नेपालका फाइनान्स डाइरेक्टर सञ्जीव अरोरालाई उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सम्मानपत्र प्रदान गरेका हुन्।

सरकारले मूल्य अभिवृद्धि कर ऐन २०५२ लागू भएको दिन २०५४ मंसिर १ को आधारमा २०६९ सालदेखि हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ।

कर दिवसका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालयहरूलाई पनि सरकारले बर्सेनि सम्मान गर्दै आएको छ।

सन् १९९५ मा स्थापना भएको वरुण विभरेज (नेपाल) प्राली अमेरिकन बहुराष्ट्रिय कम्पनी पेप्सीको बोटलर कम्पनी हो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

Techie IT