Techie IT
२०८१ चैत्र २९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालफोहोर व्यवस्थापनमा चौतर्फी राजनीति र अवरोध भएको मेयर बालेन शाहको गुनासो

फोहोर व्यवस्थापनमा चौतर्फी राजनीति र अवरोध भएको मेयर बालेन शाहको गुनासो


काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले फोहोर व्यवस्थापनमा चौतर्फी राजनीति र अवरोध भएको गुनासो गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत फोहोर व्यवस्थापनको जिम्मा लिएको कम्पनी, छिमेकी पालिकासहित सङ्घीय सरकारले असहयोग गर्दै आएको आरोप लगाएका हुन् ।

सङ्घीय सरकारले फोहोरको स्थायी समाधान गर्ने भन्दा फोहोरलाई स्थायी राजनीतिको हतियार बनाउने ध्याउन्नमा असहयोग मात्र गरिरहेको उनको आरोप छ । साथै पालिकाको अधिकारमा केन्द्र सरकारले हस्तक्षेप गरेको उनको भनाइ छ ।

मेयर शाहले आफूहरुले फोहोर व्यवस्थानका लागि धेरै विकल्प तथा नयाँ/पुराना प्रविधि हेरेको तर कार्यान्वयनमा लाग्दा अवरोध गर्ने काम भएको गुनासो गरेका छन् । नेपवेस्ट नामको कम्पनीले अवरोध सिर्जना गर्न मुद्दा नै दर्ता गरेको र त्यो कम्पनीलाई राज्यले संरक्षण गरेको समेत उनको आरोप छ ।

अवरोध, हस्तक्षेप र राजनीतिका खराब दाउपेच भएपनि आफूहरु नरोकिने मेयर शाहले बताएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

पाठ्यपुस्तक पर्याप्त छन्: जनक शिक्षा प्रादेशिक कार्यालय

चितवन । नयाँ शैक्षिकसत्र शुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको

‘पोखरा-छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’

कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरु भएको चीनको सिचुवान प्रान्तको छेन्दुको सिधा उडानलाई निरन्तरता दिन

चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा

Techie IT