Techie IT
२०८१ कात्तिक २९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालकान्ति बाल अस्पताललाई काठमाडौँ महानगरले गर्‍यो साढे ५ करोड सहयोग

कान्ति बाल अस्पताललाई काठमाडौँ महानगरले गर्‍यो साढे ५ करोड सहयोग


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा ‘मोडुलर अपरेसन थियटर’ निर्माण गर्ने भएको छ ।
अस्पतालका निर्देशक डा पङ्कज रायले महानगरले उक्त कार्यका लागि ५ करोड ५० लाख उपलब्ध गराउने सम्झौता भएको बताए । मोडुलर अपरेसन थियटर निर्माण तथा उपकरण जडान आगामी जेठ मसान्तभित्र सम्पन्न गरिने जनाइएको छ ।
 
महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले बालबालिकाको उपचार व्यवस्था सहज बनाउन सहयोग गर्न लागिएको बताए । उनले बाल रोगको उपचारका लागि उक्त कार्य सम्पन्न भए पश्चात महानगरवासीले विशेष सहुलियत प्राप्त गर्ने अपेक्षा गरिएको बताए ।
 
महानगरपालिकाले प्रगतिका आधारमा बढीमा तीन किस्तामा सम्झौताबमोजिम रकम उपलब्ध गराउने भएको छ ।



ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चिसो बढेपछि सुनसान ‘बुकीपाटन’

बागलुङ । चिसोका कारण गोठाला बेँसी झरेपछि ढोरपाटन स्थित बुकीपाटन सुनसान बनेका छन् । असार देखि कात्तिक पहिलो साता सम्म

बाँकेमा कोदोखेतीको सफल परीक्षण

बाँके । बाँकेमा कोदोखेतीको सफल परीक्षण गरिएको छ । सामुदायिक जिन बैंक सञ्जालले बैजनाथ गाउँपालिका–१ चिसापानीस्थित गाभर भ्यालीमा कोदोखेतीको सफल

हिमालको सुरक्षा भनेको पृथ्वीको सुरक्षा हो भन्ने नबिर्सौँ: राष्ट्रपति पौडेल

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व नेताहरूको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल

पूर्वमन्त्री दीपक मनाङे २ वर्षका लागि जेल चलान

काठमाडौँ । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएसँगै पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे उफ् राजीव गुरुङ

लगानी निरुत्साहित हुने गतिविधि नगर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी निरुत्साहित हुने गतिविधि हुननहुने बताउँदै देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर

काठमाडौँबाट गण्डकीका पूर्वमन्त्री दीपक मनाङे पक्राउ

काठमाडौँ । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् । प्रहरीले मनाङेलाई आज काठमाडौँको सानो भर्‍याङबाट पक्राउ गरेको हो

Techie IT