काठमाडौँ। मोरङ र इलामको छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ग्रामथान–३ का ४५ वर्षीया सिरू माझी रहेका छन्। घाइते भएका उनलाई कोसी अस्पताल लगिएकोमा मृत्यु भएको जनाइएको छ।
सोमबार दिउँसो मोरङको ग्रामथान गाउँपालिका–५, भङसाबारी स्थित विधानन्द ठाकुरको घरमा नयाँ कल गाडी मोटर जोड्ने क्रममा अचानक करेन्ट लागि घाइते भएका थिए।
त्यस्तै, इलामको सूर्यादय नगरपालिका–११, केराबारीमा बिजुलीको पोलमा तार जडान गर्ने क्रममा करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा इलाम–१० का ३५ वर्षीय तिलक राई छन्। उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ।