Techie IT
२०८१ माघ २६, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालकाबेली करिडोर प्रसारण लाइन पुनः निर्माण सम्पन्न

काबेली करिडोर प्रसारण लाइन पुनः निर्माण सम्पन्न


काठमाडौं । बाढीपहिरोले क्षति पुगेको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनःनिर्माण सम्पन्न भएको छ ।

गत असोज १२ गते माइखोलाको बाढीले काबेली करिडोर प्रसारण लाइन अन्तर्गत इलामको माई नगरपालिका–१ र ७ स्थित धोद्रेबेँसीमा चार वटा टावरमा क्षति पुर्‍याएको थियो ।

नेपाल विद्युत् प्राधिकरण र काबेली करिडोर प्रसारण लाइनमा विद्युत् जोडिएका निजी क्षेत्रका २० जलविद्युत् आयोजनाले संयुक्त रुपमा पुनःनिर्माण गरी सोमबार दिउँसो ४ः३० बाट प्रसारण लाइन सञ्चालनमा ल्याएका हुन् । काम सुरु गरेको १९ दिनमा सम्पन्न गरिएको निजी क्षेत्रका तर्फबाट पुनःनिर्माणमा खटिनुभएका ऊर्जा उद्यमी मोहन कार्कीले जानकारी दिए ।

प्रसारण लाइन सञ्चालनमा आएसँगै ताप्लेजुङ, पाँचथर र इलामका आयोजनाले विद्युत् उत्पादन सुरु गरेका छन् । प्राधिकरण र निजी क्षेत्रले संयुक्त रुपमा पुनःनिर्माण सुरु गरेका थिए । प्राधिकरणले प्रसारण लाइनका पाटपुर्जा लगायतका सामग्री उपलब्ध गराएको थियो । निजी क्षेत्रका जलविद्युत् आयोजनाले श्रम लागत लगायतका खर्च बेहोरेको जनाएका छन् । यसका लागि प्रत्येक आयोजनाले निश्चित रकम योगदान गरेका छन् । निजी क्षेत्रले कार्कीको नेतृत्वमा टोली खटाएको थियो ।

काबेली करिडोर प्रसारण लाइन अन्तर्गत इलामको गोदकबाट झापाको दमक खण्डको धोद्रेबेँसीमा ५०, ५१,५२ र ५३ नम्बर टावरलाई बाढीले क्षति पुर्‍याएको थियो । चारवटा टावरमध्ये बाढीले ५१ र ५२ नम्बर टावरलाईपूर्ण रुपमा क्षति पुर्‍याएको थियो । त्यहाँ नयाँ टावर बनाइएको हो । आंशिक क्षति पुगेका ५० र ५३ नम्बरका टावर मर्मत गरिएको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पूर्वराजाद्वारा रुपन्देहीको दरवहवा भुवनेश्वरी कोटहीमाई मन्दिरमा पूजाअर्चना

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले रुपन्देहीको शुद्वोधनमा रहेको दरवहवा भुवनेश्वरी कोटहीमाई मन्दिरमा पूजाअर्चना गरेका छन् । केही समयदेखि भैरहवामा रहदै

तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा

सोलुखुम्बु। जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति

विदेशबाट पनि श्रम स्वीकृति

काठमाडौँ । विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ। मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको

बेलायती राजकुमार एडवार्ड नेपाल आउँदै

काठमाडौं । बेलायतका राजकुमार आज (माघ २२) नेपाल भ्रमणमा आउँदै छन् । अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित उनी नेपाल आउन

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइदै

काठमाडौ । आजदेखि देशभरका बालिकाहरूलाई एचपिभी खोप अर्थात पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइँदै छ । परिवार कल्याण महाशाखाकका अनुसार

माबो द्वारा टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा

ताप्लेजुङ । समुद्री सतह बाट पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्ज्याङ सम्म मोटरसाइकल यात्रा गरिएको छ ।

Techie IT