गृहपृष्ठ ∕ नेपाल ∕ सेवा लम्सालको नाम बेल्जियमका लागि राजदूतमा अनुमोदनसेवा लम्सालको नाम बेल्जियमका लागि राजदूतमा अनुमोदन नेपालीपत्र बुधबार, २०८१ कात्तिक १४ गते, ११:५० मा प्रकाशित नेपाल काठमाडौँ । संसदीय सुनुवाइ समितिले सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूत बनाउने प्रस्ताव अनुमोदन भएको छ ।बुधबार बसेको बसेको समितिको बैठकले लम्सालको नाम सर्व सम्मतिले अनुमोदन गरेको हो । अनुमोदन अघि समितिको बैठकमा उनले पर्यटन प्रवर्द्धन, उच्च आय र मर्यादित रोजगारीका अवसरहरूको खोजी गर्ने आफ्नो कार्ययोजना सुनाएकी थिइन् ।लम्सालले आफ्नो कार्ययोजना पेश गर्दै आफ्नो नाम समितिबाट अनुमोदन भए दुई देशको सम्बन्ध विस्तारका साथै बहुपक्षीय फोरमहरूमा नेपालको राष्ट्रिय हितको संरक्षण, प्रवर्द्धनमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्ने बताएकी थिइन् । परराष्ट्र सचिव समेत रहेकी लम्सालले अब बेल्जियमको राजदूतका साथै युरोपियन युनियनका लागि नेपालको प्रतिनिधि भएर काम गर्नेछिन् ।उनी पहिलो नेपाली महिला परराष्ट्र सचिव समेत हुन् । #बेल्जियम #सेवा लम्सालग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार रेडपाण्डा संरक्षणका लागि जैविकमार्गइलाम । इलाममा लोपोन्मुख रेडपाण्डा संरक्षणका लागि पहल शुरु गरिएको छ । जिल्लाको सन्दकपुर र माईजोगमाई गाउँपालिकामा रहेको आलु विकास वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धिवीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन २ करोड ६९ लाख…तनहुँ । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य शुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दोटीकापुर । कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइबागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षतिखोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७धेरै पढिएका खबर १ वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि २ मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन २ करोड ६९ लाख विनियोजन ३ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे ४ १०औं राष्ट्रिय खेलकुदको मिति फेरि सर्याे ५ दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला ६ पैसा खर्च गर्नुअघि यी पाँच कुरामा विशेष ध्यान दिनुहोस् ७ बिपीले ‘तिमी नेपालमा नै बस्नू’ भनेकाले स्वदेश फर्किएँः डा. शशांकThe Film Nepal