Techie IT
२०८१ फागुन २१, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालसय दिनको उपलक्ष्यमा शिक्षामन्त्रीले शिक्षा विधेयकमाथि छलफल गर्ने

सय दिनको उपलक्ष्यमा शिक्षामन्त्रीले शिक्षा विधेयकमाथि छलफल गर्ने


काठमाडौँ । संसद्को शिक्षा समितिमा रहेको विद्यालय शिक्षा विधेयकका तिहारपछि छलफल हुने भएको छ । संशोधनकर्ताहरूसँगको छलफल सकिएपछि समितिले तिहारपछि दफावार छलफल गर्न लागेको हो ।

तिहारपछि तीन वटा उपसमिति बनाएर विधेयकमा छलफल गर्ने तयारी भइरहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले जानकारी दिइन् ।

आफ्नो कार्यकालको पहिलो सय दिन पुगेको उपलक्ष्यमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टराईले तिहारपछि विधेयकमा छलफल गरिने बताएकी हुन् ।

‘तिहार पछाडि निरन्तर छलफल हुनेछ । असाध्यै धेरै संशोधन परेकाले तीन वटा उपसमिति बनाएर छलफल गर्नेगरी तयारी छ । समितिसँगको छलफलका क्रममा यो कुरा आएको हो,’ उनले भनिन् ।

विधेयकमा आएका सुझाव, सरोकारवालाको तर्फबाट आएका विषयहरू तथा धेरै संशोधनका विषयलाई सम्बोधन गर्ने गरी उपसमिति बनाउन लागिएको हो । तिहार पछाडि छलफललाई तीव्रताका साथ अगाडि बढाउने समिति र मन्त्रालयबिच समझदारी भएको उनको भनाई छ ।

मन्त्री भट्टराईले बाढी पहिरोका कारण क्षतिग्रस्त विद्यालयहरूमा तिहार पछाडि पठनपाठन गराउने गरी तयारी भइरहेको उनको भनाइ छ । शिक्षक सरुवाको विषय अदालत विचाराधीन अवस्थामा रहनुका साथै अदालतबाट यथावत् अवस्थामा रोक्न नभनेकाले काम अघि बढिरहेको बताइन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन

काठमाडाैँ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा विभिन्न देशका २ दर्जनबढी नाटकहरु प्रदर्शन भईरहेका छन् । इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सोसाइटी

रेडपाण्डा संरक्षणका लागि जैविकमार्ग

इलाम । इलाममा लोपोन्मुख रेडपाण्डा संरक्षणका लागि पहल शुरु गरिएको छ । जिल्लाको सन्दकपुर र माईजोगमाई गाउँपालिकामा रहेको आलु विकास

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन २ करोड ६९ लाख…

तनहुँ । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य शुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका

केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो

टीकापुर । कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

Techie IT