गृहपृष्ठ ∕ नेपाल ∕ विचाराधीन विधेयक पेश गर्न सभामुख घिमिरेको निर्देशनविचाराधीन विधेयक पेश गर्न सभामुख घिमिरेको निर्देशन नेपालीपत्र मंगलबार, २०८१ कात्तिक ६ गते, १५:१६ मा प्रकाशित नेपाल काठमाडाैँ । सभामुख देवराज घिमिरेले संसदीय समितिहरुमा विचाराधीन रहेका विधेयकलाई आगामी अधिवेशनमा पेश गर्न निर्देशन दिनुभएको छ । सिहंदरबारमा रहेको सभामुखको कार्यकक्षमा आज बसेको संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकसँगको बैठकमा उनले निर्देशन दिएका हुन् ।बैठकमा सभामुख घिमिरेले ‘कुन समितिमा कति विधेयक छन् ? त्यसलाई पास गर्न कति समय लाग्छ’ भनेर चासो देखाउनुभएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले जानकारी दिए । बैठकमा समिति सभापतिहरुले संसद् अधिवेशन अन्त्य भएसँगै बैठक बस्न नसकेको जानकारी सभामुखलाई दिएका थिए ।उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति खानले समितिका सभापतिहरु अधिकांश सांसद गृह जिल्ला गएकाले बैठक बस्न कोरमसमेत नपुगेको कुरा सभामुखसँग राखेका थिए । सभामुख घिमिरेले विधेयक रहेका समितिका सभापतिहरू र प्रमुख दलका प्रमुख सचेतकसँग छलफल गरेका हुन् । #देवराज घिमिरे #सभामुखग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार सचिनको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख ब्यक्तकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाल गायक सचिन परियारको निधन भएको खबरले धेरै दुःखी बनाएको बताएका छन् । प्रधानमन्त्री पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नुपर्नेमा: मन्त्री पाण्डेको…काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नपर्ने बताएका छन् । भीम रावलले ओलीमाथि लगाएको आरोप प्रचण्डको कपिपेस्ट: प्रदीप ज्ञवालीकाठमाडौं । नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरि पार्टीबाट कारबाहीमा परेका नेता भीम रावलले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरेर शेरा दरबारको अध्ययन भइरहेको छः गृहमन्त्रीकाठमाडौं । गृहमन्त्री रमेश लेखकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शेरा दरबारको गम्भिरताका साथ अध्ययन भइरहेकाले सरकारलाई धन्यवाद दिन काठमाडौँमा भूकम्पको धक्काकाठमाडौं । काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । आज दिउँसो १ बजेर ३ मिनेटमा भूकम्पको कम्पन महसुुस भएको हो प्रतिनिधिसभा सचिवमा हर्कराज राई नियुक्तकाठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राईलाई नियुक्त गरेका छन् । नेपालको संविधानको धारा, १०६ को उपधाराधेरै पढिएका खबर १ रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता २ राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रमका साथ मनाइदै ३ भारतीयले कब्जा गरेको नेपाली जमिनमा तुरुन्त कदम चाल्न सरकारसँग खनालको माग ४ छोराको कुटपिटबाट बुवाको मृत्यु ५ व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी ६ भरतपुर भ्रमण वर्षको अवसरमा रैथाने खाना महोत्सव ७ अर्थ समितिबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक पारितThe Film Nepal