Techie IT
२०८१ कात्तिक २, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालमहिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क यातायात

महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क यातायात


काठमाडौं । महिला स्वास्थ्य स्वयंसेविकाहरुले कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पहलमा यातायात व्यवसायीले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने घोषणा गरेका छन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको सक्रियतामा मन्त्रालयमा उक्त समझदारी भएको हो ।

यातायात व्यवसायी राष्ट्रिय महासङ्घसँगको सहमतिपछि आज शुक्रबार मन्त्रालयमा यससम्बन्धी समझदारी भएको हो । यही कात्तिक १५ गतेदेखि उक्त व्यवस्था लागू गर्न मन्त्री पौडेलले गरेको आग्रहमा महासङ्घका अध्यक्ष विजयबहादुर स्वारले सहमति जनाएका हुन् । मन्त्री पौडेलले भने, “महिला स्वास्थ्य स्वयंसेविकाले देशको स्वास्थ्य क्षेत्रमा पुर्‍याएको भूमिकालाई सम्मान गर्न यो निर्णय महत्वपूर्ण छ । आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गतको यो सहयोगका लागि यातायात व्यवसायी राष्ट्रिय महासङ्घप्रति आभार व्यक्त गर्दछु ।

”उनले न्यून सुविधामा आम मातृशिशु तथा समुदायको स्वास्थ्य सेवाका लागि लामो समयदेखि प्रयत्नरत रहेको भन्दै यो निर्णय महत्वपूर्ण रहेको बताए । महिला स्वास्थ्य स्वयंसेविकाको छाता संस्थाकी अध्यक्ष वसन्ती महर्जनले निकै महत्वपूर्ण निर्णय भएको भन्दै यसका लागि मन्त्री पौडेल र व्यवसायी महासङ्घप्रति आभार प्रकट गरेकी थिइन् ।

हाल देशभर ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका कार्यरत रहेका छन् । मन्त्रालयसँग महासङ्घले गरेको प्रतिबद्धतामा सामाजिक उत्तरदायित्वअन्तर्गत सम्बन्धित तह रहेको जिल्लाभर तोकिएको जिम्मेवारी पूरा गर्न सार्वजनिक यातायातका साधनमा प्राथमिकता दिएर निःशुल्क आवतजावत गर्न दिने उल्लेख छ । यसका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको पोसाकमा वा परिचयपत्र बोकेको हुनुपर्ने महासङ्घले उल्लेख गरेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

महोत्तरीमा करेन्ट लागेर एकको मृत्यु, दुई घाइते

महोत्तरी । गौशालानगरपालिका– ३ पचाईन टोलमा आज शुक्रबार करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ, भने दुई किशोरी घाइते भएका

विपत्तिलाई मिलेर सामना गरौँ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढीपहिरो तथा डुबानबाट प्रभावितलाई राहत वितरण र पुनःनिर्माणमा जुट्न आह्वान गरेका छन् ।

लगानीकर्तालाई नेपालको कृषि क्षेत्रमा लगानी गर्न कृषिमन्त्री अधिकारीको आग्रह

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले लगानीकर्तालाई नेपालको कृषि क्षेत्रमा लगानीका लागि आग्रह गरेका छन् । इटालीको राजधानी

डा. केसीसँग स्वास्थ्य मन्त्रीले भने: तपाईँको माग पूरा गर्ने गरी…

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले चिकित्सक गोविन्द केसीले उठाएका स्वास्थ्य सुधारका विषयलाई मन्त्रालयले कार्यान्वयनमा लगेको बताएका छन्

पाँचपोखरी महिला ट्रेल रेसमा निर्मला प्रथम

सिन्धुपाल्चोक । ‘पाँचपोखरी महिला ट्रेल रेस’मा खोटाङकी निर्मला राईले दुई घण्टा २८ मिनेटमा दौड पूरा गर्दै प्रथम भएकी छिन् ।

बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपपछि गेष्टहाउस सञ्चालक पक्राउ

काठमाडौँ । बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपपछि फरार रहेका गेष्टहाउस सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको टोखा नगरपालिका २६ नयाँबसपार्कमा

Techie IT