Techie IT
२०८२ वैशाख ७, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालद ब्रिटिस कलेजका विद्यार्थी शर्मा बने विश्वकै सर्वोत्कृष्ट

द ब्रिटिस कलेजका विद्यार्थी शर्मा बने विश्वकै सर्वोत्कृष्ट


काठमाडौँ । द ब्रिटिस कलेजको भगिनी संस्था ब्रिटिस प्रोफेशनल कलेज (बीपीसी)का विद्यार्थी आशुतोष शर्मा शतप्रतिशत अंक प्राप्त गर्दै विश्वकै सर्वोत्कृष्ट विद्यार्थी बनेका छन् । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको बीपीसीका विद्यार्थी शर्माले गत सेप्टेम्बरमा भएको एसीसीए (एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स) अन्तर्गत फाइनान्सियल रिपोर्टिङको परीक्षामा पूर्णाङ्क प्राप्त गरेका हुन् ।

बीपीसी/एसीसीएका विद्यार्थीहरुले विगतदेखि निरन्तर रुपमा विश्वमै सर्वोत्कृष्ट अंक प्राप्त गर्दै आएका छन् । अघिल्ला रेकर्डहरुलाई तोड्दै यस पटक शर्माले सर्वोत्कृष्ट अंक प्राप्त गरेका हुन् । यससँगै उनी नेपालबाट पहिलो पटक शत प्रतिशत अंक ल्याउने विद्यार्थी पनि बनेका छन् ।
यसअघि बीपीसीमा अध्ययनरत विद्यार्थीहरु दिपांशु थापा र हर्षवर्धन शाहले सन् २०२३ को जुन महिनामा भएको ‘ट्याक्सेसन’ विषयको परिक्षामा क्रमशः ९८ प्रतिशत ल्याउँदै विश्वकै दोस्रो र ९७ प्रतिशत अंक ल्याउँदै विश्वकै तेस्रो स्थान हासिल गरेका थिए । त्यस्तै, रञ्जन पौडेलले ‘स्ट्राटेजिक बिजनेश रिपोर्टिङ’ विषयमा ९१ प्रशित अंक ल्याएर दोस्रो स्थान हासिल गरेका थिए । रिया मानन्धर र रेजिका महर्जन पनि दुई पटकसम्म विश्वकै उत्कृष्ट विद्यार्थी बनेका थिए ।

एसीसीए कार्यक्रम विश्वको सबैभन्दा ठूलो र द्रुत गतिमा अघि बढिरहेको अन्तराष्ट्रिय लेखा निकाय हो । विश्वका १८० देशमा फैलिएको एसीसीएमा ५ लाख २६ हजार भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । बीपीसीमा अध्ययनरत विद्यार्थीहरुले विश्वस्तरको नतिजा ल्याउनु अविश्वसनिय उपलब्धि हो ।

‘विश्वभरीका लाखौं विद्यार्थीहरुले दिएको फाइनान्सियल रिपोर्टिङको परीक्षामा शतप्रतिशत अंक ल्याएर सर्वोत्कृष्ट बन्नु एउटा असाधरण उपलब्धि हो । यस विशिष्ट नतिजाले ब्रिटिस कलेजको अध्यापन शैली अन्तर्राष्ट्रियस्तरको रहेको प्रमाणित भएको छ,’ शर्माको असाधरण उपलब्धिमा बधाई ज्ञापन गर्दै कलेजका एसीसीए सिनियर प्रोग्राम म्यानेजर दिपेन्द्र श्रेष्ठले भन्नुभयो, ‘यस उपलब्धिले हाम्रो शिर पनि उँचो बनाएकोले आशुतोषसँगै सम्बन्धित विषयका शिक्षकलाई पनि बधाई दिँदै आगामी दिनमा पनि यस्तै नतिजाको पर्खाइमा छौं ।’

निरन्तर विश्वस्तरिय नतिजा ल्याइरहेको कलेजले प्रतिष्ठित ‘प्लेटिनम अप्रुभल लर्निङ पार्टनर’को दर्जा प्राप्त गरेको छ । प्लेटिनम अप्रुभल शैक्षिक संस्थाहरुलाई प्रदान गरिने सबैभन्दा उच्चस्तरको अवार्ड हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

विद्युत् सेवा पटक पटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा

खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा

म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै

सरकारलाई दबाब दिन विद्यालय बन्द गर्न शिक्षक महासंघको आग्रह

काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनमा जुट्न आग्रह गरेको छ

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

Techie IT