गृहपृष्ठ ∕ नेपाल ∕ प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरीप्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी नेपालीपत्र बिहीबार, २०८१ कात्तिक १ गते, १३:३५ मा प्रकाशित नेपाल काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । सामाजिक अभियन्ता भनिने युवराज सफलले बिहीबार ओलीविरुद्ध उजुरी दर्ता गराएका हुन् ।सफलले प्रधानमन्त्री ओलीलाई विवादास्पद व्यापारीसँग अनुचित साँठगाँठ गरेको र पार्टी कार्यालय निर्माणका लागि सरकारी जग्गा उपलब्ध गराएको आरोप लगाएका छन् । उनले व्यापारीले उक्त पार्टी कार्यालयको भवनसमेत बनाइदिने सहमति भएको भन्दै अख्तियारमा छानबिनको माग गरेका छन् ।सफलले दिएको उजुरीमा भाटभटेनी सुपर मार्केट प्रा.लि.का अध्यक्ष मिनबहादुर गुरुङसँगको साँठगाँठको विषय उल्लेख गरेका छन् । निवेदनमा भनिएको छ, ‘२०८१ असोज २५ गते नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालय निर्माणका लागि १० रोपनी १४ आना जग्गा गुरुङद्वारा उपलब्ध गराइएको र उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीसमेत सहभागी भएको विषयले गम्भीर शंका उत्पन्न भएको छ ।’सञ्चारमाध्यमहरूमा आएको प्रमाणहरूका आधारमा उजुरीमा प्रधानमन्त्रीले सरकारी सम्पत्ति हिनामिना गरेको र विवादास्पद व्यक्तिसँग मिलेर लाभ लिने प्रयास गरेको आरोपसमेत सफलले लगाएका छन् । #केपी शर्मा ओली #प्रधानमन्त्रीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार काठमाडौं महानगरपालिकाले ल्यायो घुम्ती खाद्य प्रयोगशाला सञ्चालनकाठमाडौं । काठमाडौं महानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा खाद्य सेवासँग सम्बन्धित बजार अनुगमनमा घुम्ती खाद्य प्रयोगशाला सञ्चालन वायुमा प्रदूषण उच्च: अनावश्यक यात्रा नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोधकाठमाडाैँ । काठमाडाैँ लगायत देशको पूर्वी भागमा वायु प्रदूषणले खतराको तह पार गरेको छ । वायुको अवस्था मापन गर्ने आईक्यू खुल्दैछन् लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकपाल्पा । सामाजिक विभेद र लाञ्छनाका कारण समाजमा लुकेर बसेका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिकहरू पछिल्लो समय खुल्न थालेका छन् डिशहोमले इजभिजको वाइफाइ आइपी क्यामेरा बिक्री गर्नेकाठमाडौँ । इन्टरनेट सेवा प्रदायक डिशहोम इन्टरनेटले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै इन्टरनेटसँगै सुरक्षा निगरानीका लागि वाइफाइ आइपी क्यामेरा पनि उपलब्ध ऊर्जा मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरीकाठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सञ्चालनमा ल्याएको हटलाइन सेवा (११५१)मा उजुरी दिनेको सङ्ख्या उल्लेख्य देखिएको छ । काममा भारतको गुजरातमा पटाका गोदाममा विस्फोट हुँदा १७ जनाको मृत्युएजेन्सी । भारतको गुजरात राज्यमा एक पटाका गोदाममा भएको विस्फोटपछि आगलागी हुँदा १७ जनाको मृत्यु भएको छ भने पाँच जनाधेरै पढिएका खबर १ हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक २ झापामा जङ्गली हात्तीको आक्रमणबाट १४ वर्षमा ६४को मृत्यु ३ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे ४ नेपाल विद्युत प्राधिकरणले शनिबार बिहान काठमाडौँका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द गर्ने ५ आँबुखैरेनीका तीन सडक धमाधम स्तरोन्नति हुँदै ६ डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो ७ चैत शुक्लपक्ष शुरु भएसँगै मिथिला क्षेत्र पर्वमयThe Film Nepal