गृहपृष्ठ ∕
नेपाल ∕
तीनकुनेमा दुर्घटना गराएर फरार चालक कुपण्डोलबाट पक्राउ तीनकुनेमा दुर्घटना गराएर फरार चालक कुपण्डोलबाट पक्राउ
काठमाडौँ । तीनकुनेमा दुर्घटना गराएर फरार भएका चालक ललितपुरको कुपण्डोलबाट पक्राउ परेका छन् । मोरङको विराटनगर घर भई हाल ललितपुर महानगरपािलका १ कुपण्डोल बस्ने ४० वर्षीय निरज बिष्टलाई प्रहरीले पक्राउ गरेको हो ।
बिष्टले चलाएको गाडी असोज २६ गते साँझ साढे ६ बजे काठमाडौँ महानगरपालिका ३२ तीनकुने गैरीगाउँ सडकमा दुर्घटना भएको थियो । दुर्घटनामा सर्लाहीको कबिलासी नगरपालिका २ घर भई हाल तीनकुने बस्ने ५१ वर्षका विनोद महरा भन्ने राम विनय राम घाइते भएका थिए । बिष्टले नै घाइते रामलाई उपचारका लागि काठमाडौँ मेडिकल कलेज सिनामंगलमा पुर्याएका थिए । तर उनी त्यसपछि फरार भएको प्रहरीको भनाई छ ।
घाइते रामको उपचारको क्रममा असोज २७ गते मृत्यु भएको थियो । घाइतेको मृत्युपछि काठमाडौँ प्रहरी परिसर र प्रहरी बृत्त बानेश्वरको टोलीले सीसीटीभी फुटेजको सहयोगमा बिष्टलाई पक्राउ गर्न सफल भएको काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए ।
दुर्घटनामा संलग्न सवारीसहित फेला परेका उनीमाथि प्रहरी वृत्त बानेश्वरबाट थप अनुसन्धान अगाडी बढाइएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार
बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम
खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले
म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै
काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनमा जुट्न आग्रह गरेको छ
काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको