Techie IT
२०८१ असोज २९, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालधौलागिरिमा ज्यान गुमाएका रुसी आरोहीको शव संकलन थालियो

धौलागिरिमा ज्यान गुमाएका रुसी आरोहीको शव संकलन थालियो


म्याग्दी । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच रुसी पर्वतारोहीको शव संकलन गर्न थालिएको छ । सात हजार एक सय मिटर उचाइमा मृतावस्थामा भेटिएका पर्वतारोहीको शव उठाउन थालिएको हो ।

एयर अल्टिच्युडको हेलिकोप्टरबाट हिमालमा पुगेका शेर्पाको टोलीले घटनास्थलबाट शव उठाउन थालेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।

सेभेन समित ट्रेकका सञ्चालक मिङ्मा शेर्पाको नेतृत्वमा पाँचजना शेर्पाको टोली शव उठाउन खटिएका छन् । घटनास्थलबाट इटाली आधार शिविरमा आज बिहान ११ बजेसम्म एकवटा शव झारेका र अन्य शव संकलन गरेर आधार शिविरमा ल्याउने तयारी भएको प्रनाउ श्रेष्ठले बताए ।

आधार शिविरको हाइक्यापमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरू सात हजार ६ सय मिटरको उचाइबाट यही असोज २१ गते दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए । प्रहरीका अनुसार रुसी अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव २३ गते दिउँसो भेटिएको थियो ।

हेलिकोप्टर अवतरण गर्न र मानिस हिँडेर पुग्न नसकिने ठाउँमा रहेको शव मौसमको खराबी र प्रतिकूल भूगोलका कारण संकलन गरेर घटनास्थलबाट ल्याउन ढिलाइ भएको हो । उद्धारकर्ताहरू हेलिकोप्टरबाट रसीमा झुन्डिएर शव भएको ठाउँमा पुगेका हुन् ।

आर्इ एम ट्रेकिङ एन्ड एक्सपिडिसनमार्फत १४ रुसी पर्वतारोही धौलागिरि हिमाल आरोहणका लागि गएका थिए । दुईजनाले सफल आरोहण गरेका थिए । सातजना पर्वतरोहीले बीचमै आरोहण रद्द गरेर फर्किएका थिए ।

यसअघि शव ल्याउन हिमालमा गएको हेलिकोप्टर रित्तै फर्किएको थियो । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । पर्यटन विभागका अनुसार चालु शरद्याममा रुसका १४ जनाले मात्र धौलागिरि आरोहणको अनुमति लिएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

प्रहरी समायोजन ऐन जारी गर्न मधेस प्रदेशका मुख्यमन्त्री सिंहको आग्रह

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सङ्घीय सरकारले प्रहरी समायोजन ऐन जारी नगर्दा प्रदेश सरकारलाई प्रहरीको सञ्चालनमा समस्या आएको

राष्ट्रियसभा अध्यक्ष र स्विस नेसनल काउन्सिलका अध्यक्ष बीच भेटवार्ता

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहाल र स्विजरल्यान्डको नेसनल काउन्सिलका अध्यक्ष एरिक नसबाउमर बीच भेटवार्ता भएको छ । अन्तर–व्यवस्थापिका

डडेल्धुरा बस दुर्घटना: मृतकको सङ्ख्या पाँच पुग्यो

डडेल्धुरा । डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्युहुनेको सङ्ख्या पाँच पुगेको छ । घटनास्थलमा बसको छतमुनि च्यापिएका अवस्थामा थप एक जनाको

तीनकुनेमा दुर्घटना गराएर फरार चालक कुपण्डोलबाट पक्राउ

काठमाडौँ । तीनकुनेमा दुर्घटना गराएर फरार भएका चालक ललितपुरको कुपण्डोलबाट पक्राउ परेका छन् । मोरङको विराटनगर घर भई हाल ललितपुर

प्रहरीले जनता निराश बनाउने काम गर्न हुँदैनः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताको पहिलो सरकार बर्दी लगाएको प्रहरी भएकाले जनतालाई निराश बनाउने काम प्रहरीले गर्न

भीरबाट फालेर ६ वर्षीय छोराको हत्या

बागलुङ । ताराखोला गाउँपालिकाका स्थायी बासिन्दा केशव पुनले आफ्नो छ वर्षीय छोरालाई भीरमा फालेर हत्या गरेका छन् । अभियुक्तले मंगलबार

Techie IT