Techie IT
२०८१ असोज २८, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालकञ्चनपुरमा दिवा खाजा कार्यक्रम: विद्यालय छाड्ने विद्यार्थीको सङख्या शून्य

कञ्चनपुरमा दिवा खाजा कार्यक्रम: विद्यालय छाड्ने विद्यार्थीको सङख्या शून्य


कञ्चनपुर । दिवा खाजा कार्यक्रमका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ पारिफाँटाको बैजनाथ आधारभूत विद्यालयका विद्यार्थी नियमित विद्यालय आउने गरेका छन । बीचमै विद्यालय छाडने विद्यार्थीको सङख्या शून्य छ । विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालनले विद्यालयमा विद्यार्थीलाई टिकाइ राख्न सहयोग पुर्‍याएको हो ।

आर्थिक रुपमा विपन्न परिवारका बालबालिका विद्यालयमा पढ्ने गरेका छन । दैनिक मजदुरी गरी जीविका चलाउने परिवारले विगतमा आफूसँगै बालबालिकालाई पनि काम गर्ने क्षेत्रमा लैजादा पढाइ प्रभावित हुँदै आएको थियो । कक्षा दोहर्‍याउने, बीचमै विद्यालय छाडने र कक्षामा नियमति विद्यार्थी नआउने समस्या विगतमा थियो ।

विद्यालयका दिवा खाजा व्यवस्थापन गर्दै आएका स्रोत शिक्षक डवलबहादुर ठगुन्नाले दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाइएपछि बालबालिका नियमित विद्यालय आउन थालेका बताए ।

नगरको शिक्षा शाखाबाट बाल कक्षादेखि ५ सम्मका विद्यार्थीलाई मात्रै दिवा खाजा खुवाउनका लागि प्रतिविद्यार्थी १५ रुपैयाँका दरले विद्यालयमा रकम निकासा हुने गरेको छ । त्यसै रकमबाट विद्यालयका कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई खाजा खुवाउने गरिएको स्रोत शिक्षक ठगुन्नाले बताए ।

विद्यार्थीलाई पौष्टिक आहार प्रदान गर्ने स्थानीय उत्पादनमा आधारित खाजा बनाएर विद्यार्थीलाई वितरण भइरहेको उनको भनाइ छ । विद्यालयमै खाजा पाइन्छ भनेर विद्यार्थी नियमित विद्यालय आउने र दिनभर कक्षामा बस्ने गरेको विद्यालयका शिक्षक अमरबहादुर महराले बताए ।

विद्यालयमा दिवा खाजा कार्यक्रमसँगै अङग्रेजी माध्यममा पढाइ पनि हुने गरेको छ । नगर क्षेत्रका सामुदयिक विद्यालयमध्ये दिवा खाजा व्यवस्थामा नमूना कार्य गरेको नगर शिक्षा शाखाका प्राविधिक सहायक दीपेन्द्र जोशीले बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बर्दियामा जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बर्दिया । बर्दियामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-६ बस्ने २० वर्षीय सन्तराम थारूलाई आइतबार साँझ प्रहरीले

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

झापामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। सोमबार अपराह्न पौने ४ बजे अर्जुनधारा नगरपालिका-३ दार्जिलिङ डाँडामा एक जना

बागलुङको तमानखोला गाउँपालिका जोड्ने सडक कालोपत्र गर्न सुरु

बागलुङ । बागलुङको दुर्गम मानिएको तमानखोला गाउँपालिका जोड्ने सडक कालोपत्र गर्न सुरु गरिएको छ । बागलुङको बुर्तिबाङ–तमानखोला हुँदै म्याग्दी जोड्ने

सिसापाङमामा नेपालको झण्डा फहराउँदा…

  सिसापाङमामा नेपालको झण्डा फहराउँदा… मेरोन्यूज२०८१ असोज २९ गते ७:२७ 13 Shares facebook sharing buttonmessenger sharing buttontwitter sharing buttonwhatsapp sharing

मनकामना केबलकार तीन दिन बन्द गरिने

चितवन । मनकामना केबलकार तीन दिन बन्द गरिने भएको छ । मर्मत–सम्भारका निम्ति यही असोज २९ देखि आउँदो कात्तिक १

भक्तपुरमा नेपाल भाषा साहित्य सम्मेलन

भक्तपुर । हरेक वर्ष दशैँको अवसरमा हुने नेपाल भाषा साहित्य सम्मेलन भक्तपुरमा सुरू भएको छ । दुई दिनसम्म चल्ने नेपाल

Techie IT