Techie IT
२०८२ वैशाख ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालमेलम्ची खानेपानीको अवरोध खुलाउन स्थानीयवासीकाे घरमै पुगेर अनुरोध गर्छु: मन्त्री यादव

मेलम्ची खानेपानीको अवरोध खुलाउन स्थानीयवासीकाे घरमै पुगेर अनुरोध गर्छु: मन्त्री यादव


काठमाडाैँ । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानीको अवरोध खुलाउन मेलम्चीका स्थानीय बासिन्दाको घरमा नै पुगेर अनुरोध गर्ने बताएका छन् ।

दक्षिणकालीका नागरिकलाई आफूले घरमा नै पुगेर बिन्ति बिसाएपछि ललितपुरको नख्खु क्षेत्रमा सहज रूपमा खानेपानी ल्याएको भन्दै मन्त्री यादवले मेलम्चीमा पनि स्थानीयवासीकाे घरमा नै पुगेर अवरोध हटाउन आग्रह गर्ने बताएका छन् । उनले मेलम्चीका स्थानीयवासीले चार वटा मागसहित अवरोध गरिरहेको भन्दै सरकारले वार्ताको माध्यमबाट समाधान गर्ने बताए ।

मेलम्चीवासीको मागमा सहमति नजिक पुगेको मन्त्री यादवले दाबी गर्नुभएको छ । देशमा असहज परिस्थिति रहेको भन्दै उनले अहिलेलाई परिस्थिति बुझ्न मेलम्चीवासीसँग आग्रह गरे । उनले अहिले आन्दोलन गर्ने बेला नभई एकअर्कालाई सहयोग गर्ने समय रहेको बताए ।

खानेपानीमन्त्री यादवले बाढी पहिरोले खानेपानीमा मात्रै साढे ३ अर्ब रुपैयाँको क्षति पुर्‍याएको बताए । काठमाडाैँमा करोडौंका मेशिन डुबेको र बगाएको अवस्थामा रहेको भन्दै उनले सरकारले तत्कालका लागि काठमाण्डाै उपत्यका खानेपानी लिमिटेडमार्फत चल्ने मेशिन मर्मत गर्ने, नयाँ मेशिन खरिद गरी काम गर्ने बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

विद्युत् सेवा पटक पटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा

खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा

म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै

सरकारलाई दबाब दिन विद्यालय बन्द गर्न शिक्षक महासंघको आग्रह

काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनमा जुट्न आग्रह गरेको छ

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

Techie IT